नेपाली क्रिकेटमा अहिलेसम्मकै ठूलो सफलता

नेपाली क्रिकेटमा अहिलेसम्मकै ठूलो सफलता

काठमाडौं : बिहीबार नेपालले विश्व क्रिकेटको सबैभन्दा ठूलो सफलता प्राप्त गरेको छ । आईसीसी विश्वकप छनोट अन्तर्गत पपुवा न्युगिनीलार्इ ६ विकेटले हराएको नेपालले एकदिवसीय मान्यता प्राप्त गर्दै एतिहासिल सफलता प्राप्त गरेको हो । नेदरल्याण्डसँग हङकङ ४४ रनले पराजित भएसँगै नेपालले अन्तराष्ट्रिय क्रिकेट खेलेको २२ वर्षपछि पहिलो पटक एक दिवसीय क्रिकेटको मान्यता पाएको हो । 

यो सफलतासँगै नेपालले पहिलो पटक एक दिवसीय टोलीको मान्यता पक्का गर्दै ५० ओभरको क्रिकेटमा ऐतिहासिक उपलब्धी हात पारेको हो । एक दिवसीय टोलीको मान्यता प्राप्त गर्नु नेपाली क्रिकेटको विकाशका लागि निक्कै महत्वूर्ण मानिएको छ ।

आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यता प्राप्त गर्न आजको खेलमा नेपालले पपुवा न्युगिनीलाई जितेर मात्र हुने थिएन । नेदरल्याण्डले हङकङलाई हराएपछि नेपालको जित सार्थक भएको छ । बिहीबारको खेलमा नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पपुवा न्यूगिनीमाथि सहज जित दर्ता गरेको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यान सस्तैमा समेटिए । दोस्रो चरणका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरे । उनले तीन छक्का र एक चौकाको मद्दतमा ५० रन पूरा गरे ।

पपुवा न्यूगिनीले दिएको ११५ रनको लक्ष्य नेपालले २३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका आरिफ शेख चौथो विकेटका रुपमा २० दशमलव ६ ओभरमा ४२ बलमा २६ रन बनाएर आउट भए । कप्तान पारस खड्का ६ दशमलव पाँच ओभरमा तेस्रो विकेटका रुपमा आउट भएका थिए । उनले १८ बलमा २० रन मात्र जोड्न सके।

नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल तीन बलमा एक रन बनाएर आउट भए भने अनिल शाह नौ रनमा आउट भएका थिए । पपुवा न्यूगिनीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले चारचार विकेट लिएका थिए भने सोमपाल कामी र करण केसीले एकएक विकेट लिए ।

आईसीसीको नियमअनुसार नेदरल्यान्ड्सबाहेक विश्वकप छनोट प्रतियोगितामा सहभागी एसोसिएट टोलीमध्ये शीर्ष तीनले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछन् ।

गत डिसेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतमा नेदरल्यान्ड्सले यसअघि नै एकदिवसीय टोलीको मान्यता पाइसकेको छ । यसैगरी सोसिएट टोलीमध्ये सुपर सिक्स चरणमा पुगिसकेका संयुक्त अरब इमिरेट्स (यूएई) र स्कटल्यान्डले पनि एक दिवसीय मान्यता पक्का गरिसकेका छन् ।

अब बाँकी रहेको एक स्थानका लागि सुपर सिक्स चरणमा पुग्न नसकेका नेपाल, हङकङ र पपुवा न्युगिनीले प्ले अफ खेलमार्फत आआफ्नो दाबेदारी प्रस्तुत गर्ने क्रममा नेपाल पहिलो पटक एकदिवसीय टोलीको मान्यता पाउन सफल भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.