हिरासतमा परीक्षा
राजविराज : चोरी र लागू औषध अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई परीक्षार्थीले हिरासतबाट एसईई परीक्षा दिइरहेका छन् । पक्राउ परेका जानकी ईङ्गलिश बोर्डिङ स्कूलका शशी शेखर यादव र सिर्जना सेकेण्ड्री स्कूलका संजयकुमार यादवले जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षबाट परिक्षा दिइरहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
सिम्बल नं. ०१५६१४० (ल) का शशी फागुन १७ गते लागु औषध मुद्दामा र सिम्बल नं. ०१५६४०९ (क) का संजय फागुन १२ गते चोरी आरोपमा पक्राउ परेका हुन् । थुनुवा कक्षभन्दा बाहिर मुद्दा अभियोजन शाखाको कोठामा छुट्टै राखेर उनीहरुको परिक्षा लिइएको छ । एक निरीक्षकको निगरानीमा उनीहरुले परिक्षा दिइरहेका छन् ।