स्वागत थाप्न देउवा पुगे राप्तीसोनारी : केन्द्रको मुख नताक्न सुझाव

स्वागत थाप्न देउवा पुगे राप्तीसोनारी : केन्द्रको मुख नताक्न सुझाव

नेपालगन्जः गाउँपालिकाको स्वागत थाप्न पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाँकेको राप्ती सोनारी गाउँपालिकामा पुगेका छन्। कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्काको १३ औं पुण्य तिथिमा सहभागी हुन दाङ आएका देउवा गाउँपालिकाको स्वागत थाप्न बुधबार बाँकेको राप्तीपारी पुगेका हुन्।

बाँकेको कर्णाली भनेर चिनिने राप्तीसोनारी गाउँपालिकाले पूर्वप्रधानमन्त्री देउवालाई पुष्पगुच्छासहित खादा ओडाएर भव्य स्वागत गरेको छ। गाउँपालिकाको निम्तोमा राप्तीपारीको विकट बस्तीमा पुग्दा गरेको स्वागत सह्राहनीय भएको भन्दै उनले खुशी व्यक्त गरेका छन्। बाँकेको अगैयास्थित गाउँपालिका कार्यालय परिसरमा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओली, वडाअध्यक्ष, गाउँकार्यपालिका सदस्य, वडासदस्य, नेपाली कांग्रेसका नेता, कार्यकर्ता लगायतले देउवालाई बुधबार बिहान भब्य रुपले स्वागत गरेका हुन्।

करिव ४५ मिनेट गाउँपालिका कार्यालयमै बसेका देउवाले राप्तीसोनारीको अवस्थाबारे जिज्ञासा राखेका थिए। पहिलो पटक पुगेका देउवालाई गाउँपालिकाका पदाधिकारीले त्यहाँका समस्या र अवसरका बारेमा अवगत गराएका थिए।

राप्तीसोनारी गाउँपालिका बाँकेका अन्य गाउँपालिकाभन्दा भौतिक पूर्वाधार र प्राकृतिक स्रोत, साधनका हिसाबले सम्पन्न रहेको जानकारी पाउँदा पूर्वप्रधानमन्त्री देउवाले खुशी व्यक्त गर्दै देशकै नमूना गाउँपालिका बनाउन सुझाव दिएका छन्।

‘यहाँ आउँदा मैले धेरै कुराको सम्भावना देखेको छु, यही स्रोतलाई नै जनप्रतिनिधिले समुचित रुपमा प्रयोग गर्ने हो,’ देउवाले भने, ‘अब तपाइहरुले पनि भएका स्रोत परिचालन गर्दै देशकै नमूना बनाएर देखाउनुहोस्।’ उनले मुलुकका धेरैजसो स्थानीय तहहरु भौतिक पूर्वाधार तथा जनशक्ति अभावको समस्याबाट गुज्रिएको भन्दै राप्तीसोनारी गाउँपालिका भौतिक पूर्वाधारबाट आफै सम्पन्न हुनु सकारात्मक कुरा भएको बताए।

सिक्टा सिचाई आयोजनाको ब्यारेज निर्माण गर्न आएको सिनो हाईड्रो कम्पनीले प्रयोग गरी हस्तान्तरण गरेको ४२ कोठे भवनबाट हाल राप्तीसोनारीले कार्य सञ्चालन गर्दै आएको छ।

‘पर्याप्त मात्रामा भौतिक संरचनाका साथै गाउँपालिका प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण रहेछ’ उनले थपे। उनले स्थानीय तहले आन्तरिक स्रोतको खोजी गर्नुपर्ने बताए। स्थानीय सरकारले केन्द्रको मुख ताक्नुभन्दा आत्मनिर्भर हुनुपर्ने उनको भनाइ थियो। देउवालाई स्वागत गर्ने कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य किशोरसिंह राठौंर, पूर्वसांसद, नेपाली कांग्रेसका जिल्ला स्तरका नेता, कार्यकर्ता लगायतको सहभागिता रहेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.