प्रदेश-२ मा लेखा कर्मचारीको अभाव

प्रदेश-२ मा लेखा कर्मचारीको अभाव

जनकपुरधाम : प्रदेश-२ मा लेखा कर्मचारीको अभाव देखिएको छ।लेखा दरबन्दीमा एक तिहाई पद रिक्त हुँदा कर्मचारीको अभाव भएको हो। नयाँ प्रादेशिक संरचनामा स्थानीय तह र मन्त्रालयसहित ९ वटा प्रदेश स्तरीय कार्यालय थपिएपछि धनुषामा ३३ प्रतिशत लेखाका कर्मचारीको दरबन्दी रिक्त हुँदा सेवा प्रवाहमा समस्या भएको छ।

 
चालु आर्थिक वर्ष सक्न तीन महिना मात्र बाँकी रहेपनि मन्त्रालयलगायत सरकारी अड्डामा लेखाका कर्मचारीको दरबन्दी एक तिहाई रिक्त रहेको कारण बजेटको व्यवस्थापनमा समस्या आएको छ। 

मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयलगायत ६ वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सचिवालय र १८ वटा स्थानीयतहलगायत धनुषामा ७५ वटा सरकारी कार्यालय रहेपनि लेखा अधिकृतलगायत १ सय ९ जना लेखा कर्मचारीको स्थानमा हाल ७० जना मात्र कार्यरत रहेका छन्।आवश्यकता अनुसार ३९ जना कर्मचारी नहुँदा एकजना कर्मचारीले दुईवटासम्म कार्यालयको काम गर्नुपर्ने बाध्यता छ। 

कर्मचारी अभावमा कोष तथा लेखा नियन्त्रक कार्यालयले जेनतेन काम चलाउनु परेको छ। एउटै कर्मचारीले दुईवटासम्म कार्यालयको कामकाज भ्याउनु पर्ने अवस्था रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय जनकपुरका प्रमुख डा. विरेन्द्रकुमार मिश्र बताउँछन्।

नयाँ कर्मचारी पदपूर्ति हुन समय लाग्ने छ, अहिले संक्रमणकालिन व्यवस्थापन गरी काम चलाउँदै आएको मिश्रले बताए।धनुषाको १८ वटा स्थानीय तहको लागि जम्मा ५ अर्ब १३ करोड ८१ लाख ९३ हजार बजेट विनियोजन गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.