सिटामोल र जीवनजल अभाव

सिटामोल र जीवनजल अभाव

सन्धिखर्क : अर्घाखाँचीका स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल अभाव भएको छ। चौकीमा एक महिनादेखि सिटामोल र जीवनजल अभाव हुँदै आएको हो।

सिटामोल र जीवनजल नपाएपछि सेवाग्राही महंगो मुल्यमा किन्न बाध्य भएका छन्।जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले स्वास्थ्य चौकी स्थानीय तहलाई हस्तान्तरण गरेसँगै स्वास्थ्य चौकीमा औषधीको अभाव भएको हो। 

जनप्रतिनिधि आएपछि सिंहदरवारको सम्पूर्ण अधिकार गाउँमै पाउने आश गरेका स्थानीय स्वास्थ्य सेवा लिन नपाउँदा निरास बनेका छन्। मालारानी, पाणिनि गाउँपालिका र शितगंगा नगरपालिकाका विभिन्न वडामा रहेका स्वास्थ्य चौकीमा  सिटामोल र जीवनजल सकिएको स्वास्थ्य चौकीका इन्चार्जले बताए।  

मालारानी गाउँपालिकाको बाँगी स्वास्थ्य चौकीमा झण्डै एक महिनादेखि जीवनजल छैन, बिरामीलाई तातो पानी पिउन सल्लाह दिएको स्वास्थ्य चौकी ईन्चार्ज नेत्रबहादुर खत्रीले बताए। उनले भने,' बिरामी चौकीमा आउनुहुन्छ, अौषधि छैन भन्न पनि लाज लाग्छ।'

ढुवानी हुँदैछ भन्ने कुरा सुनेका छौं, उनले भने,' बिरामीलाई उमालेको पानी र प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउन सल्लाह दिँदै आएका छौं ।' आफुले चाहेर पनि सेवाग्राहीलाई समयमा सेवा दिन नपाएको स्वास्थ्य चौकी  ईन्चार्ज पुनाराम भुसालले बताए । उनले भने,' सबै स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी आउनुपर्ने हो,तर सबै औषधी आउन सकेको छैन।' ३५ प्रकारका औषधी निशुल्क पाइने भने पनि सबै प्रकारका औषधी सहजरुपमा पाउन नसकेको सन्धिखर्कका स्थानीय दिपक खड्काले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.