दुई लाख ७५ हजारसहित तीन पकेटमार पक्राउ

दुई लाख ७५ हजारसहित तीन पकेटमार पक्राउ

घोराही : दाङमा ३ जना पकेटमार पक्राउ परेका छन् । घोराही नयाँ बसपार्कबाट प्रहरीले ३ जना पकेटमारलाई २ लाख ७५ हजार रुपैयाँसहित पक्राउ  हो । घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कमा दुई व्यक्तिको पकेट काटेर लुटेको २ लाख ७५ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

रोल्पा लिवाङ नगरपालिका –६ कोटगाउँ निवासी पूर्णबहादुर घर्तीमगरको साथबाट पकेट काटेर लुटिएको १ लाख ७५ हजार र रोल्पा–परिवर्तन गाउँपालिका –६ कर्तम निवासी किरतबहादुर पुनमगरको एक लाख रुपैयाँ लुटेका अबस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका –७ झुमरीयाका ३५ वर्षीय बिक्रम नेपाली, ३४ वर्षीय राजकुमार नेपाली र ३३ वर्षीय यज्ञबहादुर नेपाली रहेका छन् । उनीहरुले यात्रु बसमा चढ्दै गर्दा पकेटलाई ब्लेडले काटेर पैसा चोर्ने गरेको अनुसन्धानमा खुलेको  नयाँ बसपार्क प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरीक्षक मानबहादुर महराले जानकारी दिए ।

 यज्ञराजलाई बसपार्क नजिकैबाट, विक्रम र राजकुमारलाई सौडिकुलाबाट पक्राउ गरिएको उनले बताए । लुटिने व्यक्ति दुवै भुतपूर्व भारतीय सैनिक हुन् । घोराहीको चौघेरामा पेन्सन बुझेर घर फर्कदै गर्दा पकेटमारले उनीहरुको  रकम लुटेका थिए । घटनामा संलग्न अन्य दुई जना गणेश भण्डारी र स्याने नेपालीे फरार रहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.