रुकुममा  पाँच दिने योग शिवर सम्पन्न

रुकुममा  पाँच दिने योग शिवर सम्पन्न

रुकुम (पश्चिम) :  पतञ्जली योग समिति नेपालको आयोजनामा रुकुम पश्चिमको सदरमुकाम खलंगामा पाँच दिने योग विज्ञान शिविर आइतबार सम्पन्न भएको छ।

गत वैशाख ५ गतेदेखि मुसीकोट खलंगाको बराहटाकुरामा रहेको टडिखेलमा आयोजना गरिएको योग शिविर बैशाख ९ गतेसम्म सञ्चालन भएको थियो। पतञ्जली योग समिति नेपाल दाङ शाखाका अध्यक्ष घनश्याम अधिकारी र महासचिव विनोद चौधरी प्रशिक्षक रहेको उक्त शिविरमा खलंगा बजार क्षेत्रका स्थानियवासीको उल्लेख्य सहभागिता थियो।

हरेक दिन बिहान पाँच बजेदेखि सात बजेसम्म चलेको योग शिवरबाट प्रशिक्षार्थीले योगसम्बन्धी आधारभूत सिकाइ  हाँसिल गरेको आयोजकले बताएको छ। 

शिवरको अन्तिम दिन आइतबार समापन समारोहमा मनतव्य राख्दै राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरीले योग मानव स्वास्थ्यका लागि अत्यान्त आवश्यक रहेको बताए। उनले भने,' स्वस्थ रहन योगलाई दैनिक जीवनसँग जोड्नुपर्छ।' 

त्यस्तै मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले मुसीकोट नगरपालिकाका सबै जनतालाई योग आवश्यक रहेको भन्दै यसका लागि नगरपालिकाले आवश्यक व्यवस्थापन गरी योगमय नगर बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

साथै मुसीकोट नगरपालिका- १ का वडा अध्यक्ष विरबल केसीले पनि योग साधनामार्फत स्वस्थ रहने महत्वपूर्ण कार्यलाई सबैले आफ्नो दैनिकीसँग जोड्नुपर्ने भन्दै वडा कार्यालयको आवश्यक सहयोग रहने बताए।

रुकुममा पतञ्जली योग

योग विज्ञानको सिकाइलाई आदान–प्रदान गर्दै मानव जीवनलाई स्वस्थ र तन्दुरुस्त उदेश्यले रुकुममा पहिलोपल्ट पतञ्जली योग समिति, नेपाल रुकुम शाखा गठन गरिएको छ। रुकुमेली क्याम्पस मुसीकोटका क्याम्पस प्रमुख मिनबहादुर पुनको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो।

समितिका अन्य पदाधिकारीमा अपाध्यक्षमा हिमा बुढाथोकी, महासचिवमा महेश केसी, सचिवमा यज्ञबहादुर खड्का र कोषाध्यक्षमा संगीता आचार्य रहेका छन्। साथै सदस्यमा नारायण केसी, रिमबहादुर केसी, करुणा खड्का, बिष्णुकला घर्ती, छमका खड्का र भीमप्रकाश जैसी रहेका छन्। योग समिति गठन भएपछि नव निर्वाचित अध्यक्ष पुनले अबदेखि हरेक दिन बिहान खलंगामा योग अभ्यासको कार्यक्रम आयोजना हुने बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.