बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ

बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ

विराटनगर : विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङको थुकिमा–७ बस्ने ३४ वर्षीय भीम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। दुवैजनालाई आइतबार प्रहरीले पक्राउ गरेका हुन्। 

वैशाख ३ गते बेलुकी ८:१५ बजेको समयमा विराटनगर–१३ स्थित सो कार्यालयको पश्चिमतर्फको खुल्ला चौरमा उनीहरुले बम विस्फोट गराएको बताइएको छ। 

विस्फोटनबाट सो सम्पर्क कार्यालयको पर्खालमा सामान्य क्षति भएको थियो। साथै सो विस्फोटन भएको स्थानको नजिकमा रहेको देवकान्त झाको घरको झ्यालको सिसाको तोडफोडमा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए।  दुवैजनाको जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.