मुसलमानलाई मूलधारमा ल्याइने

मुसलमानलाई मूलधारमा ल्याइने

काठमाडौं  :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न संघर्षका क्रममा मुसलमान समुदायको उल्लेखनीय भूमिका रहेको बताए  । 

नेकपा (एमाले) निकट मुस्लिम इतेहाद संगठनले  सोमबार  यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले मुसलमानका अधिकारलाई संरक्षण गरी राज्यको मूल धारमा ल्याउन सरकार प्रतिवद्ध रहेको बताए  । कार्यक्रममा प्रतिनिधिसभाका सांसद कलिला खातुनले सबै समुदायका परम्परासँग जोडिएका सार्वजनिक बिदा कटौती नगर्न सरकारलाई आग्रह  गरे  । 

यसैबीच संगठनको केन्द्रीय समितिको बैठक सोमबारदेखि शुरु भएको छ । मंगलबारसम्म हुने उक्त बैठकमा मुसलमान समुदायका धार्मिक पर्व तथा संस्कृतिसँग सम्बन्धित बिदा तथा  समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सहभागिताका अवस्थालगायत विषयमा छलफल गरिने छ ।

सरकारले हालै इद, बकर इद र मोहम्मद दिवसमा कटौती गरेको छ । केन्द्रीय कार्यसमितिमा ९१ सदस्य रहेको उक्त संगठनमा करीब २० हजार सदस्य रहेको बताइएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.