३३ किलो सुन तस्करी प्रकरणः पूर्व डीआईजी निरौलालाई विराटनगर ल्याइयो

३३ किलो सुन तस्करी प्रकरणः पूर्व डीआईजी निरौलालाई विराटनगर ल्याइयो

विराटनगरः  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी प्रकरण अनुसन्धानका क्रममा पक्राउ परेका पूर्व डीआईजी गोविन्द निरौलालाई सोमबार विराटनगर ल्याइएको छ । 

बुद्ध एयरलाइन्समार्फत दिउँसो २ः४५ बजे ल्याइएका उनलाई ‘रिसिभ’ गर्न विराटनगर विमानस्थलमा बा. १ झ १२९१ नम्बरको गाडीसहितको प्रहरी टोली लिएर मोरङ प्रहरीका डीएसपी निशान थापा पुगेका थिए । 

गाडीको बीचमा राखेर जिल्ला प्रहरी कार्यालय मोरङ पुर्याइएका निरौलालाई केही बेरमै जिल्ला अदालत मोरङबाट संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा चलाउन दुई दिनको म्याद मिलान गरिएको प्रहरी स्रोतले बतायो । 

सुन तस्करी काण्ड र मोरङ उर्लाबारीका सनम शाक्य हत्या घटनाको अनुसन्धान मोरङबाटै भइरहेका कारण काठमाडौंमा पक्राउ परेका निरौलालाई विराटनगर ल्याइएको स्रोतले बतायो । उनलाई गृह मन्त्रालयद्धारा गठित सहसचिव ईश्वरराज पौडेल नेत्रृत्वको छानविन समितिले आइतबार काठमाडौंबाट पक्राउ गरेको थियो । 

प्रहरी सेवाबाट यही चैत २८ गते अवकाश पाएका पूर्व डीआईजी निरौलाको सुन तस्करीका मुख्य नाइके मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसँग ‘कनेक्सन’ देखिएपछि पक्राउ गरिएको बताइएको छ । 

निरौला गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा कार्यरत थिए । इन्चार्ज हुँदा उनले तस्करलाई सघाएको आशंकामा त्यहाँबाट हटाइएको थियो । 

छानबिन समितिका संयोजक पौडेलले घटनाको अनुसन्धान मोरङबाटै भइरहेका कारण म्याद थप र बाँकी अनुसन्धान गर्नका लागि निरौलालाई विराटनगर पठाइएको पुष्टि गरे । सुन तस्करी र शाक्य हत्या काण्डलाई जोडेर अहिलेसम्म २२ जना भन्दा बढी पक्राउ गरिसकिएको प्रहरी स्रोतले बतायो । 
( विराटनगर ल्याइएका पूर्व डीआईजी गोविन्द निरौला (सेतो सट लगाएका) लाई जहाजबाट झारिएपछि विराटनगर विमानस्थलबाट बाहिर निकालिंदै । तस्बिर ः किशोर बुढाथोकी ) 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.