मानव—वन्यजन्तु बढ्दो द्वन्द्व

मानव—वन्यजन्तु बढ्दो द्वन्द्व

पोखरा : पश्चिमाञ्चलमा मानव र वन्यजन्तुबीच द्वन्द्वका घटना बढेको छ । गत आर्थिक वर्ष मानव र वन्यजन्तुबीचको घटना संख्या १ सय ३१ भएकोमा चालु वर्षमा घटना यो संख्या २ सय १० पुगेको छ । वन्यजन्तुसँग द्वन्द्वकै कारण पश्चिमाञ्चलमा चालु वर्षमा ४ जनाले ज्यान गुमाइसकेका छन् ।

अर्घखाँचीको सन्धिखर्ककी बालिका प्रशन्ना नेपालीले ०७४ असोज १६ गते चितुवाको आक्रमणमा परी ज्यान गुमाइन् । सन्धिखर्ककै ५ वर्षीया बालिका परी दमसेको ०७४ मंसिर ९ गते र सन्धिखर्ककै ७ वर्षीय बालक मनीष केसीको ०७४ भदौ २७ गते चितुवाको आक्रमणमा परी मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय पोखराका सहायक वन अधिकृत शिव श्रेष्ठले जानकारी दिए । तनहुँको भानु नगरपालिका–३ का ६ वर्षीय बालक विशाल श्रेष्ठको २०७४ फागुन १ गते चितुवाको आक्रमणमा परी मृत्यु भएको उनले जानकारी दिए ।

साँझ र बिहानीपख चितुवाको आक्रमणमा बालबालिका धेरै पर्ने गरेका हुन् । सन्धिखर्ककी परी दमसेलाई चितुवाले दोस्रोपटक आक्रमण गर्दा ज्यान गएको सहायक वन अधिकृत श्रेष्ठले बताए । चितुवाको आक्रमणमा परी चालु वर्षमा पश्चिमाञ्चलमा ७ जना सख्त घाइते र ४ जना सामान्य घाइते भए । चितुवाको आक्रमणमा परी मृत्यु भएका अर्घखाँचीका ३ जना बालबालिकाका परिवारले १० लाख रुपैयाँका दरले क्षतिपूर्ति पाइसकेको र तनहुँको भानु नगरपालिकाका श्रेष्ठ परिवारलाई राहत दिने प्रक्रियामा छ ।

मानव वन्यजन्तु द्वन्द्वमा चितुवाको आक्रमणमा परी बालबालिका मृत्यु भएको हो । नवलपरासीमा गैंडाको आक्रमणमा परी १ जना र तनहुँमा भालुको आक्रमणमा परी १ जना घाइते भएको पनि सहायक वन अधिकृत श्रेष्ठले बताए । वन्यजन्तुको आक्रमणमा परी घाइते हुनेलाई अवस्था हेरी २० हजारदेखि पछिल्लो ऐनअनुसार २ लाख रुपैयाँसम्म उपचार खर्च दिने व्यवस्था छ ।

वन्यजन्तुसँगको द्वन्द्वमा किसानले पशुधन र अन्नबाली क्षति पनि व्यहोरेका छन् । पश्चिमाञ्चलमा चितुवाको आक्रमणमा परी १ भैंसी, १७ गाईगोरु र २ सय ९ वटा बाख्रा नोक्सान भएको पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय पोखराका उपसचिव माधव बरालले बताए । वन्यजन्तुको आक्रमणमा भैंसी, गाइगोरु मरे प्रतिगोटा ३० हजार र बाख्रामा क्षति पु¥याए १० हजार क्षतिपूर्ति दिइँदै आएको उपसचिव बरालको भनाइ छ ।

वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण गर्न पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयले केन्द्रबाट ५५ लाख रुपैयाँ प्राप्त गरेकामा ५४ लाख ९८ हजार ५ सय ४४ वितरण गरिसकेको बरालले बताए । पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयलाई थप करिब १२ लाख ३० हजार क्षतिपूर्ति रकम दिन अपुग भएको छ । ०७५ वैशाख ९ गतेसम्म वन्यजन्तुबाट भएका १ सय ७२ घटनामा यो रकम दिइएको हो ।

वन्यजन्तुबाट भएको क्षतिका लागि ३८ जनाले दिएको निवेदनमाथि छानबिन भइसकेको र १२ लाख ३० हजार क्षतिपूर्ति रकम आवश्यक रहेको उनले जानकारी दिए । मानवीय क्षति १ जना, गाईगोरु क्षति २ र बाख्रा क्षति २० वटाको राहत वितरण गर्न बाँकी छ । पश्चिमाञ्चलमा सबभन्दा धेरै वन्यजन्तुबाट चौपायामा पुगेको क्षति स्याङ्जा जिल्लामा परेको छ । स्याङ्जामा चालु वर्षमा १ सय ५५ घटना भएको पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयको तथ्यांकमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.