घरटहरा हटाउने प्रशासनको तयारी

घरटहरा हटाउने प्रशासनको तयारी

सन्धिखर्क : अर्घाखाँची प्रशासनले प्रदेश ५ को प्रमुख धार्मिक तीर्थस्थल सुपा देउराली आसपासका सार्वजनिक स्थलमा बनेका घरटहरा हटाउने तयारी गरेको छ । गोसिंगे सन्धिखर्क सडक फराकिलो बनाउन सुपा देउराली मन्दिर आसपासका घर टहरा हटाउन लागेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सडक साँघुरो भएकाले ट्राफिक जाम तथा दुर्घटना बढ्न थालेकाले फराकिलो बनाउन मन्दिर आसपासका घरटहरा हटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

सुपा देउराली मन्दिर आसपास सार्वजनिक स्थानमा घरटहरा बनाई पेसा–व्यवसाय सञ्चालन गरिरहेका झन्डै सय घरटहरा हट्ने भएका हुन् । सार्वजनिक स्थान भए पनि मन्दिर आसपास क्षेत्रमा स्थानीयले पक्की संरचानासमेत बनाएर बसिरहेका छन् । सवारी साधनलाई सरल र सहज बनाउन बाटो विस्तार गर्न थालिएको हो । बाटो फराकिलो भएपछि दुर्घटना कम हुने र अर्कोतर्फ सार्वजनिक जग्गासमेत संरक्षण भएकाले जिल्ला प्रशासन कार्यालयले यस्तो तयारी गरेको हो ।

सुपा देउराली मन्दिर आसपासमा मानिसले पक्की तथा टहरा निर्माण गरी होटल, फलफूल पसल, पूजा सामग्री पसल र फोटो स्टुडियो सञ्चालन गर्दै आएका छन । सबै स्थानमा सडक फराकिलो बनाउने काम भइरहेको तर सुपा देउराली मन्दिर आसपास रहेका घरटहराले गर्दा सडक विस्तार हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । जिल्लाका सबै स्थानमा सार्वजनिक जग्गा मिचेर बनेका घरटहरा हटाउने काम अगाडि बढाउन थालिएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, जिल्ला समन्वय समितिका संयोजक पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल, शीतगंगा नगरपालिकाका प्रमुख सूर्य अधिकारीलगायत सहभागी थिए । बैठकमा जिल्लास्थित राजनीतिक दलका प्रमुख, सुपा देउराली मन्दिर व्यवस्थापन समिति, सडक डिभिजन कार्यालय तथा नागरिक समाजका अगुवा उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.