प्रदेश ३ को संकल्पः सुरुङमार्ग निर्माणदेखि भ्रष्टाचार अन्त्यसम्म

प्रदेश ३ को संकल्पः सुरुङमार्ग निर्माणदेखि भ्रष्टाचार अन्त्यसम्म

हेटौंडाः प्रदेश तीनका प्रदेश प्रमुख अनुराधा कोइरालाले भ्रष्टाचार र विभेद अन्त्य प्रदेश सरकारको प्राथमिकता बन्नुपर्ने बताएकी छिन् । 

प्रदेश प्रमुख कोइरालाले पहिलो पटक प्रदेशसभा बैकठलाई मंगलबार सम्बोधन गर्दै भनिन्, ‘अशान्ति, दमन, भ्रष्टाचार, उत्पीडन र कुनै पनि प्रकारको विभेदको अन्त्य यो प्रदेशको परिचय बनोस् भन्ने विश्वास राख्दछु ।’

उनले प्रदेशभा, सरकार र यसको अंगहरुबिच प्रदेशका समस्या र चुनौतीको सम्बोधन तथा सम्भावना र अवसरहरुको सदुपयोग गर्र्ने कार्यमा आपसी तालमेल मिलाउँदै अघि बढ्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मुल नारालाई प्रदेशमा सजिलै स्थापित गर्न सकिने बताइन् । 

‘आवश्यक कानून निर्माण, प्रदेश सरकारको संगठनात्मक एवं कर्मचारी ब्यवस्थान र नीति तथा कार्यक्रम तय गर्दै अघि जाने कुरा प्रदेश सरकारको उच्च प्राथमिकता रहेकाले छिटो प्रतिफल प्राप्त हुनेमा म विश्वस्त छु’, उनले भनिन्, ‘यी समग्र विषयहरु प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा समेटेर ल्याउनुमा प्रदेशसभाको उल्लेख्य भूमिका हुनेछ ।’ 

प्रदेशलाई सुरुङ मार्गमार्फत छोटो दुरीको पहुँच, एक जिल्ला एक विशिष्टिकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार र नयाँ शहरहरुको अध्ययन, निर्माण र बिस्तार, जोखिममा रहेको बस्तीहरुको स्थानान्तरण, भूउपयोग नीति लागू गरी भूमिको ब्यवस्थापन लगायत कार्यक्रम मार्फत अघि बढ्न प्रदेश सरकारले बढाएको तत्परतार दृढ संकल्पप्रति उनले खुशी ब्यक्त गरिन् । 

‘आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनअपेक्षाका धेरै विषय समेटिने नै छ’, कोइरालाले भनिन्, ‘प्रदेश निर्माणमा सबै सरोकारवालाहरुलाई एक हुन पनि म आग्रह गर्दछु ।’

साथै उनले भूकम्पपीडित सबै जनतालाई छानामुनि लैजाने कुरामा प्रदेश सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताइन् । ‘सरकारले दिने राहत पनि ३० प्रतिशत पीडितले मात्र आंशिक रुपमा पाएका छन् । सबै पीडितलाई छानामुनी ल्याउन नसकेको यथार्थता हामीसामु छ’, 

उनले आफ्नो सम्बोधनको क्रममा भनिन्, ‘उनीहरुलाई राहत दिने कुरामा सरकारले उच्च प्राथमिकता दिएकाले समयसिमाभित्रै सम्मन्न हुन सकोस् भन्ने शुभेक्षा प्रटक गर्दछु ।’ 

सम्बोधनको क्रममा प्रदेश प्रमुख कोइरालाले कुनै पनि बहानामा हिंसा, मुठभेड र अराजकतातर्फ  सामाज धकेलिन नहुनेमा जोड दिइन् । 

‘अब हाम्रो गौरवशाली इतिहास र परम्परा स्थापित गर्दै तीब्र गतिमा आर्थिक विकास, सामाजिक एवं मानवताको विकास यात्रामा अघि बढ्नुर्छ’, उनले भनिन् । नेपाललाई पराधीन बनाउने सोचहरु कमजोर भएको र बिभाजित बनाउने शक्तिहरु किनारा लागेकाले समृद्धिको मार्गमा अघि बढ्दै गरेको स्पष्ट मार्ग चित्रहरु देखिन थालेको कोइरालाको भनाइ छ । 

प्रदेशसभा गठन भएको तीन महिना बितेपनि प्रदेश प्रमुको सम्बोधनमा ढिलाई भएपछि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम भने नआउने भएको छ । प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए । 

प्रदेशसभाको अर्को बैठक वैशाख १३ गते बस्ने सूचना जारी गर्दै मंगलबारको बैठक सभामुख सानुकुमार श्रेष्ठले स्थगित गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.