रामायण सर्किट बनाउन मोदीलाई प्रस्ताव

रामायण सर्किट बनाउन मोदीलाई प्रस्ताव

जनकपुरधाम : धार्मिक पर्यटन प्रवद्र्धनका लागि ‘रामायण सर्किट’ निर्माण गर्न सरकारले गृहकार्य थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी रामायण सर्किट निर्माणको अवधारणा अघि बढाउने जानकारी दिएका हुन् ।

उनका अनुसार रामायणसँग सम्बन्ध रहेका नेपाल, भारत, श्रीलंका र बाली (इन्डोनेसिया)लाई जोड्ने गरी सर्किट निर्माणको काम अघि बढाइनेछ । यसमा जनकपुरसँगै धनुषाधाम र लुम्बिनी पनि जोडिने जानकारी दिए । सर्किट बनाउने विषयमा भारतसँग छलफल भइसकेको सुनाउँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेकाले यस विषयमा विशेष छलफल हुने बताए । भने, ‘सम्झौता गरेर मात्र हुँदैन, काम हुनुपर्छ ।’

उनले रामायणका कथामा सम्बन्ध रहेका हरेक ठाउँ सर्किटमा जोडिनुपर्ने बताए । ‘सर्किट निर्माण गर्न पूर्वाधार राम्रो हुनुपर्छ’, उनले भने, ‘सडक, रेल र हवाईजहाज कनेक्टिभिटी हुनुपर्छ ।’ चार देशसँग जोडिएको सर्किटलाई नै पूर्ण बनाउन सके पर्यटकको ओइरो लाग्ने दाबी उनले गरे ।

उनले जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न मुख्यमन्त्री लालबाबु राउतसँग छलफल गरेको जानकारी पनि दिए । चाँडै कानुन बनाएर पर्यटन विकास समिति बनाउन मुख्यमन्त्री राउतलाई आफूले आग्रह गरेको उनले सुनाए । भने, ‘प्रदेश २ का कुन–कुन ठाउँ धर्म तथा संस्कृतिसँग जोडिएका छन् ? त्यसको पहिचान गरेर विकास गर्ने विषयमा छलफल भएको छ ।’

जनकपुर विमानस्थलको स्तरोन्नतिको योजना

मन्त्री अधिकारीले जनकपुर विमानस्थल स्तरोन्नतिको कार्ययोजना अघि बढाइएको जानकारी दिए । १ हजार ५ सय मिटरको धावनमार्ग निर्माणबाहेक अन्य काम चालु आर्थिक वर्षमै हुने उनको भनाइ छ । अहिले १ हजार ३ सय मिटरको धावनमार्ग रहेको र २ सय मिटर थपेर मुआब्जा वितरण गर्नुपर्ने भएकाले आगामी आवमा मात्र सम्भव हुने उनले बताए । उनका अनुसार केही दिनभित्र एक्स–रे मेसिन जडान गर्न लागिएको छ ।


‘सम्झौता गरेर मात्र हुँदैन, काम हुनुपर्छ । रवीन्द्र अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री

उनले विमानस्थलको स्तरोन्नतिपछि रात्रिकालीन सेवासमेत सुरु गरिने बताए । रात्रिकालीन सेवाका लागि आईएफआर प्रविधिको विकास गर्ने सुनाउँदै उनले भने, ‘त्यसका लागि लाइट जडान कार्य अब सुरु हुन्छ ।’

उनले जनकपुरलाई विश्व सम्पदा सूचीमा पार्न आवश्यक कार्य अघि बढाइएको जानकारीसमेत दिए । त्यसका लागि युनेस्कोमा प्रस्ताव पठाइसकेको उल्लेख गर्दै उनले केही दिनभित्रै त्यहाँका प्रतिनिधि निरीक्षण तथा अनुमतिका लागि जनकपुर आउने सुनाए । भने, ‘यहाँका सबै जनप्रतिनिधिको अनुमति चाहिन्छ अनि मात्र विश्व सम्पदा सूचीमा राख्ने काम अघि बढ्छ ।’

उनले जानकी मन्दिर वरिपरिका घर प्राचीन मौलिकता झल्किने हुनुपर्ने स्पष्ट पारे । भने, ‘यहाँका मन्दिरहरूमा केही नयाँ संरचना निर्माण भएको छ । त्यो बिस्तारै हटाएर प्राचीनता झल्किने अर्थात् पहिले जे प्रयोग भएको थियो त्यस्तै खालको संरचना बनाउन जरुरी छ ।’ प्राचीन मौलिकता झल्किने संरचना नभए विश्व सम्पदा सूचीमा पार्न गाह्रो हुने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.