'दुई नम्बर प्रदेश संवेदनशील, भूमिगत समूहलाई छाड्दैनौँ'

'दुई नम्बर प्रदेश संवेदनशील, भूमिगत समूहलाई छाड्दैनौँ'

सिमराः गृहमन्त्री रामबहादुर थापा बादलले दुई नम्बर प्रदेश संवेदनशील प्रदेश भएकाले आवश्यक सुरक्षा रणनिति बनाउन गृह मन्त्रालय गम्भीर रहेको बताएका छन् ।

दुई नम्बर प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बुधवार सिमरामा उद्घाटन गर्दै गृहमन्त्री बादलले अन्य प्रदेशको तुलनामा दुई नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले त्यसै अनुसारको सुरक्षा योजना बनाउने बताए । 

दुई नम्बर चुनौतीपूर्ण

खुल्ला सिमाना, अपराध, तस्करी, सामाजिक हिंसा, भष्ट्राचार, प्राकृतिक बिपद्जस्ता समस्या दुई नम्बर प्रदेशमा बढी देखिने गरेको भन्दै गृहमन्त्री बादलले सुरक्षा गोष्ठीको सुरुवात पनि यसै प्रदेशबाट गरिएको बताए । गोष्ठीले दुई नम्बर प्रदेशको अपराध नियन्त्रण, जनताको सुरक्षा र सेवाको बिषयमा महत्वपूर्ण कार्ययोजनासहितको निष्कर्श निकाल्ने बताए । 

‘यो गोष्ठी महाविद्यालय पनि हो, यहा हामी नया परिवेशमा उत्पन्न भएका सुरक्षाको बिषयमा गहन छलफल गर्छौँ । नया कार्ययोजनासहित सुरक्षा रणनितिको निष्कर्ष निकाल्छौँ’ गृहमन्त्री बादलले भने, ‘जसले जनताको सुरक्षा, जनतालाई दिईने सेवालाई सहज बनाउन मद्दत गर्छ ।’

देशका सातै प्रदेशमा गरिने सुरक्षा गोष्ठीको सुरुवात दुई नम्बर प्रदेशबाट गर्नुमा राजनितिक अस्थिरता एउटा कारण रहेको गृहमन्त्री थापाले बताए । दुई नम्बर प्रदेशमा राजनितिक स्थायित्वलाई सुदृढ बनाएर अघि बढ्न अति आवश्यक रहेको भन्दै गृहमन्त्री बादलले यसै गोष्ठीले त्यस बिषयमा पनि छलफल गर्ने बताए । 

‘राजनतिकि स्थायित्व पहिलो आवश्यकता हो, हामी त्यसलाई प्राथमिकतामा राखेर छलफल गर्छौँ’, गृहमन्त्री थापाले भने ।गृहमन्त्री थापाले देशको समग्र सुरक्षा ब्यवस्थालाई व्यवस्थित गर्न र जनताले पाउने सेवालाई मध्यनजर गर्दै गृहमन्त्रालयले भर्खरै ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेको बताए । 

गृहमन्त्रालय मातहत रहेका सबै निकायलाई काम गर्न कार्ययोजनाले दिशानिर्देश गर्ने उनको भनाई थियो । ‘हामीले ८२ बुँदे कार्ययोजना प्रतिपादन गरेका छौँ, यो कार्ययोजना देशभरका सुरक्षा र अन्य निकायलाई पठाउने तयारीमा छौँ’, गृहमन्त्री थापाले भने ‘कार्ययोजनाले देखाएको बाटोमा अघि बढ्न सकियो भने सामाजिक सुशासन कायम हुनेछ ।’

गोष्ठीमा गृहसचिव प्रेमकुमार राई, प्रदेश निमित्त प्रमुख हरि फुयाल, प्रदेश दुई आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव, नेपाली सेनाका बलाधिकृत पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललगायत सुरक्षा निकायका उच्च अधिकारी, आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखलगायत उपस्थिति थियो । 

भूमिगत समूहलाई छाड्दैनौँ

यसअघि सिमरा बिमानस्थलमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री बादलले भूमिगत भएर तराईमा अपराधिक गतिविधि गर्ने उन्मुक्ति नपाउने बताएका छन् । 

पछिल्लो समय तराईमा अपराधका घटना सुनिन थालेको भन्दै गृहमन्त्री बादलले यस बिषयमा सरकार गम्भिर रहेको बताए । ‘भूमिगत समुहको नाममा अपराध गर्नेलाई मुलधारमा आउन आग्रह गर्छौँ । सरकारको आग्रह नमाने हामी कडा रुपमा अघि बढ्नेछौँ ।’ उनले भने ।

सिन्डिकेटमा सम्झौता हुँदैन 

गृहमन्त्री थापाले यातायात क्षेत्रको सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि नहट्ने स्पष्ट पारेका छन् । सिमरा आएका गृहमन्त्री बादलले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा पाच महिना अघि भएको कृषक दम्पती हत्याको अनुसन्धान भईरहेको र त्यसमा सरकार गम्भिर रहेको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.