प्रदेश २ को सदनमा प्रश्नः रिबन काटेर भाषण गर्दैमा प्रदेश नमूना बन्छ ?

प्रदेश २ को सदनमा प्रश्नः रिबन काटेर भाषण गर्दैमा प्रदेश नमूना बन्छ ?

सरकारको आलोचना, चुरे संरक्षणमा जोड

जनकपुरधामः प्रदेश सभाको बैठकमा सांसदहरुले सरकारको तीब्र आलोचना गरेका छन् । सरकार बनेको दुई महिना बितिसक्दा पनि काम गर्न नसकेपछि बुधवार बसेको प्रदेश सभाको बैठकमा बोलेका अधिकांश सांसदहरुले आलोचना गरेका हुन् । 

सांसद शिवचन्द्र चौधरीले प्रदेशमा भइरहेको विकास निर्माणको अनुगमन गर्ने निकाय समेत बनाउन नसकेको भन्दै सरकारको आलोचना गरे । ‘यो प्रदेशमा रेल र छ लेनको सडक निर्माण हुँदा पनि अनुगमन अभावमा  ढिलासुस्ती र गुणस्तरहीन काम भइरहेको छ’, उनले भने, ’, उनले भने, ‘यो प्रदेशमा भइरहेको विकास निर्माणको कामको अनुगमन गर्न चाँडै एउटा समिति निर्माण गरियोस ।’

मुख्य मन्त्री र मन्त्रीहरुको अन्तरवर्ता पत्रपत्रिकामा पढ्दा छाती चौडा हुने गरेको चौधरीको टिप्पणी थियो । ‘के भाषण गरेर मात्र यो प्रदेश नमूना र समृद्ध बन्छ ?’, उनले प्रश्न गरे । चौधरीले मुख्यमन्त्री र मन्त्रीहरुले भाषण अनुसारको केही काम गर्न नसकेको बताए । ‘विशिष्ट प्रदेश बनाउन विशिष्ट प्रकारको काम पनि गर्नुपर्छ’, भने, ‘यसतर्फ सरकारको ध्यान पुगोस् ।’

सत्तारुढ संघीय समाजवादी फोरम नेपालका सांसद प्रह्लाद गिरीले पनि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले यो प्रदेश अभिभावकविहीन जस्तो लागिरहेको बताए । 
यहाँको काठ किन काठमाडौँ लगियो ? 

मुख्यमन्त्री र मन्त्रीहरुले समृद्ध बनाउने कुनै ठोस एजेण्डा बनाउन नसकेर विभिन्न कार्यक्रमको रिबन काट्नमै व्यस्त रहेको उनले गुनासो गरे । 

गिरीले निजगढमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलका क्रममा बन फँडानी गरेर काठ काठमाडौं लादा पनि प्रदेश सरकारको ध्यान नपुगेकोमा चिन्ता व्यक्त गरे । ‘यो प्रदेशको काठ यही प्रदेशको हुनुपर्छ’, उनको तर्क थियो । 

छुवाछुतविरुद्ध योजना खोई ?

सांसद रवीन्द्र बैठले छुवाछुत प्रथाको अन्त्य गर्न प्रदेश सरकारले कुनै योजना ल्याउन नसकेको गुनासो पोखेका छन् । उनले भने, ‘छुवाछुतविरुद्धको कानून त बन्यो । तर व्यवहारमा कार्यान्वयन भएको छैन । यो चिन्ताको विषय हो ।’ 

बैठले छुवाछुतले गर्दा चमार, मुसहर, खत्वे, डोम, पासवानलगायत जातिका व्यक्तिलाई समाजमा अछुत भनेर दुव्र्यवहार गर्ने गरेको बताए । उनले छुवाछुत अन्त्यका लागि जनचेतना अभियान चलाउन र कडा कानुनको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे ।

चुरे संरक्षण योजना छैन 

बैठकमा बोलेका अधिकांश सांसदले चुरे संरक्षण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव समेत दिएका छन् । चुरे संरक्षण गर्न नसके मधेसका उब्जाउ जग्गाहरु बालुवा र गिट्टीले पुरिने सांसद पारस साहले बताए । 

उनले अतिक्रमणका कारण ४६ हजार हेक्टरको बन हाल २६ हजार हेक्टरमा सिमित बनेको बताए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा भइरहेको वन फँडानी रोक्न सरकारसँग माग गरे । 

‘विमानस्थल बन्नु हुँदैन भन्ने पक्षमा म छैन । तर अतिक्रमण भएको जग्गा सरकारले निकाल्नुपर्यो’, उनले भने, ‘अतिक्रमणमा परेका जग्गा निकाल्न सके, त्यही जग्गा विमानस्थलका लागि काफी हुन्छ ।’

यस्तै सांसद दिलिप साहले पनि चुरे संरक्षणमा जोड दिए । उनले चुरे संरक्षण गर्न नसके मधेस मरुभुमि बन्ने बताए । चुरे वनलाई मधेसको लाइफ लाइन बुझ्न सरकासँग अपिल गर्दै भने, ‘सरकारले प्रदेशलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउन विशेष योजना ल्याउने प्रतिवद्धता जनाएको छ । तर चुरे संरक्षण गर्न नसके कृष उत्पादन बढ्न सक्दैन, बरु घट्छ । त्यसैले चुरे संरक्षण गर्न जरुरी छ ।’

बेटी बचाउ अभियानको प्रशंसा

बैठकमा बाल्दै सांसदहरुले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानको प्रशंसा गरेका छन् । सांसद अनिता यादवले अभियानको प्रशंसा गर्दै दहेज अन्त्य नभएसम्म अभियान सफल नहुने तर्फ गरिन् । 

उनले दहेज लिने र दिने दुवैलाई कडा कारबाही हुने खालको कानून बनाउन सरकारसँग अपिल गरिन् । साँसद सुरेश मण्डलले पनि बेटी बचाउ, बेटी पढाउ अभियानको जताततै प्रशंसा भइरहेको बताए । उनले यो अभियानसँगसँगै विद्यालय भर्ना अभियान पनि सफल बनाउन जरुरी भएको बताए ।

बुधवारको संसद बैठकमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादब अनुपस्थित थिए । उनीहरुलाई पर्खेर मुख्यमन्त्रीको तर्फबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र कानूनमन्त्रीको तर्फबाट प्रदेशको सार्वजनिक लिखत प्रमाणिकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भूमि कृषि तथा सहकारी मन्त्री शैलेन्द्र यादबले पेश गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.