वर्षाले खेतमै कुहियो टमाटर

वर्षाले खेतमै कुहियो टमाटर

 सिरहा : तरकारी खेतीमा वर्षा र असिनाको असर देखिन थालेको छ । पटक÷पटकको वर्षा र असिनाका कारण खेतमै टमाटर कुहिन थालेपछि सिरहाको लहान नगरपालिका २४ झुटकी गाउँका किसान मारमा परेका छन् ।

वर्षातले समयमा बजार पुर्‍याउन सकेनन् । साथै, खुर्सानी, टमाटर, काक्रोलगायत तरकारी बालीमा लागेको फूल पनि झरेका छन् । तरकारी खेतीको लागत पनि उठ्न नसक्दा उनीहरू चिन्तित छन् ।

झुटकीका किसान शिवदत्त रायले एक बिघामा तरकारी खेती गरेका छन् । त्यसमध्ये पाँच कठ्ठामा त्रिशूल जातको टमाटर खेती गरेका छन् । यो जातको टमाटर एक बोटमा कम्तीमा १० किलोसम्म फल्ने गरेको उनले सुनाए । ६ कठ्ठामा खुर्सानी र अरु खेतमा परबल, काक्रो, फर्सी, लौकालगायत तरकारी लगाएको छ । पटक÷पटकको वर्षाले टमाटर, खुर्सानीमा नसोचेको क्षति पुर्‍याएको उनले बताए । ‘बजार पुर्‍याउने बेला भएकै थियो लगातार वर्षा, असिना भयो । खेतमै टमाटर कुहिँदै छ । खुर्सानी कुहिन थालेको छ’, उनले भने, ‘वर्षा र असिनाले क्षति पुर्‍याएको तरकारी बाली देखेर अहिले बिक्रीका लागि बजार पुर्‍याउँदा पनि भाउ दिँदैनन् ।’

वर्षा र असिनाले क्षति गर्‍यो अहिले स्थानीय बजारमा बाहिरबाट तरकारी आउँदा यहाँका किसान झन् मारमा परेको उनले बताए । ‘हामीले गरेको तरकारी खेतीमा लगानी धेरै पर्छ’, उनले भने, ‘त्यही अनुसार तरकारी महँगोमा बेच्नु पर्छ तर, बाहिरको व्यापारीले मूल्य कम गरी बेच्न थालेपछि आफूलाई मार पर्ने गरेको छ ।’ यस पटक त पुँजी पनि उपर गर्न धौँ–धाँै भएको उनले बताए ।

सोही गाउँका श्रीलाल महताले पनि चार कठ्ठामा टमाटर खेती गरेका छन् । ‘महिनाँै मेहनत लगाएर तरकारी बाली लगाएको थिएँ तर, वर्षाले नराम्रो क्षति पुर्‍यायो’, उनले भने, ‘काक्रो, खुर्सानीको फूल झरेपछि फल्न छाडेको छ ।’ सबै मेहनत बेकार लाग्न थालेको उनले बताए ।

खेतमा गोडमेल गरिरहेका बेला भेटिएका किसान काशिन्द्र रायले बेमौसमी तरकारी खेतीमा लगानी धेरै लाग्ने गरेको बताए । ‘त्यस्तो तरकारीलाई बचाउन पनि मुस्किल हुने गरेको छ’, उनले भने, ‘यसपालिको त लगानी र मेहनत दुबै वर्षाका कारण खेर गयो ।’ हावाहुरीले खेतमा लगाएको परबलको सबै बोट लडेर क्षति पुगेको उनले बताए । वर्षाले खुर्सानीको बोट सुक्न थालेको उनको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा. रामचन्द्र यादवका अनुसार जिल्लामा १७ हजार हेक्टरमा तरकारी खेती हुँदै आएको छ । वर्षा र असिनाले किसानले लगाएको तरकारी खेतीमा क्षति पुगेको छ तर यसको विवरण अहिलेसम्म नआएको उनले बताए । लहरे तरकारी, तरबुजा, काक्रो, टमाटर, खुर्सानीलगायत बालीमा क्षति पुगेको उनले जानकारी दिए ।

सिरहाको लहान नगरपालिका २४ को झुटकी टोल तरकारीका लागि जिल्लामै प्रख्यात छ । डेढ सय घरपरिवारभन्दा बढीको वस्ती रहेको यस गाउँका अधिकांश घरपरिवारको मुख्य पेसा नै तरकारी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.