सडकमा डोजर चल्दा संसद् स्थगित

सडकमा डोजर चल्दा संसद् स्थगित

 बुटवल : सिद्धार्थ राजमार्ग अतिक्रमण गरी बनेका घरमाथि डोजर चल्दा प्रदेश ५ को संसद् अँध्यारो बनेको छ। बुधबार दिउँसो एक बजे डाकिएको बैठक आधा घण्टा ढिलो सुरु भएको थियो। बैठक सुरु हुनासाथ विद्युत् आपूर्ति बन्द भएपछि सभामुख पूर्णबहादुर घर्तीले केही बेर संसद् बैठक स्थगन गरे। राजमार्ग ६ लेनमा विस्तार गर्न बुटवल–बेलहिया सडक परियोजनाले बुटवल बजारमा अतिक्रमण गरी बनेका घरमा डोजर चलाउन विद्युत् आपूर्ति बन्द गरिएपछि संसद् बैठक प्रभावित बनेको हो।

एकपटक स्थगन भई पुनः सुरु भएको बैठक चलिरहँदा धेरै पटक विद्युत् काटिएको थियो। संसद्मा वैकल्पिक ऊर्जाको प्रबन्ध नहुँदा सांसद संसद् हलभित्रै पटकपटक अँध्यारो कक्षमा बस्नुपरेको थियो। संसद् सुचारु भएपछि शून्य समयमा बोल्दै रुपन्देहीका एमाले सांसद भोजप्रसाद श्रेष्ठले सडक विस्तारको अलोचना गरे। ‘सडक विस्तारका नाममा सहरलाई कुरुप बनाउन लागिएको छ’, उनले भने, ‘घर भत्काउने कामलाई तत्काल रोकी वैकल्पिक सडकको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गर्दछु।’

सडक विस्तारको विरोधमा उत्रिएका व्यापारी तथा घरधनीको समर्थन गर्दैै श्रेष्ठले ४७ करोडको आयोजनाविरुद्ध संसद्मा बोलेका हुन्। शून्य समयमा बोल्ने अन्य सांसदले भने छ लेन सडकको विषयका कुरा खोलेनन्। बुधबारको संसद्मा बोल्दै कांग्रेस सांसद फकुरुद्दिन खानले बुद्ध सर्किट निर्माणमा गुणस्तरहीन र काममा ढिलाइ भएको भन्दै संसदीय समिति बनाएर अनुगमन गर्न माग गरे। उनले हरेक ठूला आयोजनाको प्रदेश सरकारबाट अनुगमन हुनुपर्ने बताए।

पाल्पाका सांसद तुलाराम घर्तीले सिद्धबाबा सडकको विकल्प नभई त्यसैलाई व्यवस्थित गर्न माग गरे। दैनिक आठ सय टिपर गुड्दा सडक जीर्ण भएको भन्दै त्यसको व्यवस्थापन गर्न तत्काल काम गर्नुपर्ने उनको भनाइ थियो।

सांसद तुल्सी चौधरी र पुष्पा थारूले खेतीबालीको सिजन सुरु भएकाले मल, इन्धनको व्यवस्थापनमा सरकारलाई चनाखो बन्न आग्रह गरे। हरेक वर्ष मल एवं बीउ अभाव हुँदा किसान मारमा पर्दै आएकाले समयमै त्यसको व्यवस्थापन गर्न उनीहरूको माग थियो।

कपिलवस्तुकी सांसद सुष्मा यादवले कपिलवस्तुमा बलात्कारका घटना बढेको तर अपराधीलाई कारबाही नभएको भन्दै छोरीबेटीको सुरक्षामा ध्यान दिन आग्रह गरिन्। शून्य समयमा सांसद बाबुराम गौतम, रामजीप्रसाद घिमिरे, कृष्ण न्यौपाने, तारा जिसी, विष्णु पन्थीलगायतले सार्वजनिक विषयवस्तुमा सरकारको ध्यानाकर्षण गराएका थिए।


छलफलमा दुई विधेयक

बुधबारको बैठकमा सरकारले दुई विधेयक टेबल गरेको छ। सार्वजनिक लिखत कार्यविधि सम्बन्धमा बनेको विधेयक छलफलमा गएको छ। सो विधेयकमाथि सांसदले ७२ घण्टाभित्र संशोधन दर्ता गर्न सक्नेछन्। त्यस्तै गाउँसभा तथा नगरसभासम्बन्धी विधेयक पनि टेबल भएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले संसद्मा विधेयक टेबुल गरेका हुन्। संसद्को अर्काे वैठक वैैशाख २२ गते बस्नेछ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.