मोदी भ्रमणको जनकपुरमा तयारी  तीव्र

मोदी भ्रमणको  जनकपुरमा तयारी  तीव्र

जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ गते हुने जनकपुर भ्रमणलाई सफल पार्न प्रदेश सरकारले तयारी सुरु गरेको छ । प्रधानमन्त्री मोदीको भ्रमणलाई व्यवस्थित बनाउन  प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनल, भूमि कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, जनकपुर उपमहानगरपालिकाका उपमेयर रीता झा लगायत सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखले स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् । 

प्रधानमन्त्री मोदी जनकपुर आएर सर्वप्रथम जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ । मोदी भ्रमणका लागि जानकी मन्दिरभित्रको व्यवस्थापन, बाहिरको सरसफाई र सुरक्षाका लागि गरिनु पर्ने बन्दोबस्तकाबारे मन्दिरका महन्थसँग समेत छलफल गरिएको हो । मन्दिरदेखि अभिनन्दन स्थल  बाह्बिगाह मैदानसम्मको बाटोको व्यवस्थापन र सौन्दर्यकरणका लागि उपमहानगरपालिकालाई विषेश कार्ययोजना ल्याउन निर्देशन दिइएको  छ ।

अभिनन्दन स्थल बाह्बिगाहमा प्रधानमन्त्री मोदीसँग सुरक्षा अधिकारीसमेतको तीनवटा हेलिकप्टर अवतरण  गर्ने हुनाले हेलिप्याड निर्माणका लागि समेत छलफल भइरहेको छ ।  

‘१००/१०० मिटरको दुरीमा तीनवटा हेलिप्याड निर्माणका लागि नक्शांकन गरेका छौं,’ धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले भने,‘एउटा हेलिप्याडले ३० मिटरको क्षेत्र ओगट्ने छ ।’  
मन्त्री सोनलले माटो राम्ररी नभरिएको कारण अव्यवस्थित अवस्थामा रहेको बाह्बिगाह मैदानमा तत्कालै पानी पटाएर सतह मिलाउने काम सुरु गर्न मन्त्री सोनलले सम्बन्धित निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन् । भारत र नेपालका सुरक्षा अधिकारीले संयुक्त रुपमा गरेको अभिनन्दन स्थलको नक्शांकन अनुसार मन्चको मुख उत्तरतर्फ राख्ने व्यवस्था गरिएको छ ।

तर, मञ्च उत्तरतर्फ राखियो भने त्यसले सर्वसाधारण जनताले मोदीलाई सजिलै हेर्न नसक्ने हुनाले मञ्च दक्षित तर्फबाट निर्माण गर्दा राम्रो हुन सक्ने सुझाव मन्त्री सोनललगायतले दिएको प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईले  बताए ।  उनले भने,‘प्रधानमन्त्री मोदीको लोकप्रिय छविका कारण जनता उनलाई हेर्न निकै ललायित हुन्छन् । यस्तो अवस्थामा उनको अभिनन्दन स्थललाई कसरी व्यवस्थापन गर्ने त्यसका लागि हामी ठोस रणनीति बनाउँदै छौँ।’

 अभिनन्दन स्थलमा हेलिप्याड निर्माणका साथै,प्रधानमन्त्री मोदीलाई हेर्न आउनेहरुको लागि खानेपानीको व्यवस्थापन, शौचालयको व्यवस्थापन, गाडी पार्किङ्ग सहितका तयारीमा प्रदेश सरकारका सबै निकायजुटेको मन्त्री सोनलले जानकारी दिए ।   उनले भने,‘प्रधानमन्त्री मोदीको भ्रमणलाई एतिहासिक बनाउन हामी कुनै कसर छाड्दैनौं ।

यसभन्दा पूर्व पनि मोदी जनकपुर आउने तय भएको र अन्तिम समयमा भ्रमण स्थगित भएपछि जनता निरास भएका थिए तर, यसपटक जनताको निरासालाई उत्साहमा परिणत गर्दै भ्रमणको तयारीलाई उत्कर्षमा पु¥याएका छौँ,’‘मोदीको  भ्रमण सफल पार्न हाम्रो प्रदेशका जनताले प्रहरीको भूमिका निर्वाह गर्नेछन्,’मन्त्री सोनलले भने, ‘हामी कुनै कसर छाड्ने छैनौं ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.