६५ वर्षपछि दुई कोरियाको मिलन (फोटो फिचर)

६५ वर्षपछि दुई कोरियाको मिलन (फोटो फिचर)

काठमाडौँः सन् १९५०-५३ को कोरियाली युद्धको पीडा भुलाउँदै दुई कोरियाबीच मिलन भएको छ । किम जोङ्ग उन ६५ वर्षपछि पहिलो पटक दक्षिण कोरियाको यात्रा गर्ने पहिलो उत्तर कोरियाली शासक बनेका छन् ।

उन शुक्रबार सिमानामा हिँडेरै दक्षिण कोरिया छिरे । जहाँ उनलाई स्वागत गर्न दक्षिण कोरियाली राष्ट्रपति मुज ने इन तयार भएर बसेका थिए । 

किमले उत्तर कोरियाली भूमिबाट पाइला उचाल्दै दक्षिण कोरियाली भूमिमा टेक्नेबित्तिकै मूनले न्यानो स्वागत गरे । त्यसपछि उनीहरुसँगै सम्मेलनस्थलतर्फ लागे । 

दुई देशका शीर्ष नेताबीच ६५ वर्षको मिलनले दुई देशमा त खुसियाली ल्याएको छ नै विश्व राजनीतिमा पनि यो ऐतिहासिक घटना भएको छ ।

आणविक संकटमाथि हुन लागेको सम्मेलनमा दुई देशका नेता एकै ठाउँमा उभिने भएपछि एसियाली सेयर बजारमा पनि हरियाली छाएको छ ।

भिडियो 


 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.