विद्यालयमा बिहेभोज

विद्यालयमा बिहेभोज

सिरहा :  कल्याणपुर नगरपालिका भोक्राहास्थित आधारभूत विद्यालयमा बिहीबार बिहान न विद्यार्थी थिए न त शिक्षक नै । बरु विद्यालयमा स्थानीय जैसी साहका छोरा रूपेशको बिहेभोजको तयारी हुँदै थियो । भान्सेहरू भोजका लागि खाना बनाउन भ्याइनभ्याइ थिए ।

कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयमा २ सय विद्यार्थी छन् । बिहीबार विद्यालयमा बिहेभोज चल्दा उनीहरू पढाइबाट वञ्चित भएका छन् । कक्षा ५ मा पढ्ने बजरंगी साहका अनुसार यसरी भोज हुँदा विद्यालय बन्द हुने गरेको छ । बिहीबार पनि भोज भएकाले पढ्न नगएको उनले सुनाए ।

गाउँमा बिहे हुँदा पटक–पटक विद्यालयको पढाइ अवरुद्ध हुने गरेको एक स्थानीयले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तपेश्वर यादवका अनुसार विद्यालयमा एक दिनअगावै बिहेभोजका लागि सामान राखिएको थियो । ‘बिहीबार भतिजी विद्यालय गएर चाँडै घर फर्किएको देखें’, उनले भने, ‘त्यसबारे सोध्दा उनले विद्यालयमा भोज भएकाले पढाइ नभएर घर फर्किएको जवाफ दिइन् । विद्यालयमा भोजभतेर नगर्नुपर्ने हो तर मौसमका कारण विद्यालयलाई नै यस्ता कार्यका लागि प्रयोग गरिरहेका छन् ।’

प्रधानाध्यापक श्रीचन ठाकुरले धेरै पटक विद्यालयमा भोज भएको स्वीकार गरे । ‘भोज रोक्दा स्थानीयले विरोध गर्छन्’, उनले भने, ‘एक जनालाई भोज गर्न दिने अरूलाई रोक्ने भनेर स्थानीयले दबाब दिने गरेका छन् ।’

शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका प्रमुख महेन्द्र महतोका अनुसार विद्यालय भोजभतेरका नाममा बन्द गराउन नहुने बताए । ‘सबै राजनीतिक दल तथा सम्बन्धित निकायले विद्यालय शान्ति क्षेत्रमा हस्ताक्षर गरेका छन्’, उनले भने, ‘तर, भोजका कारण विद्यालय बन्द हुनु दुःखद् हो ।’ अब स्थानीय तहले विद्यालयलाई निगरानी गर्न आवश्यक रहेको उनले बताए ।

भोक्राहाका वडाध्यक्ष मोतीबुल राइनले अबदेखि भोजका नाममा विद्यालय अवरुद्ध हुन नदिने बताए । ‘शिक्षकको कमजोरीले विद्यालय अवरुद्ध भएको छ’, उनले भने, ‘अब यस्तो कार्य विद्यालयमा हुन रोक लगाउँछु ।’ विद्यालय शान्ति क्षेत्र घोषणा भए पनि कार्यान्वयन नभएको सिरहाका विवेक यादवको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.