छोरी बलात्कारको घटना लुकाउने बाबुलाई तीन महिना जेल

छोरी बलात्कारको घटना लुकाउने बाबुलाई तीन महिना जेल

गाईघाट : तीन वर्षीया बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि बालसुधारगृह बिराटनगरमा रहेका १५ वर्षीय बालकलाई जिल्ला अदालतले बिहीबार ५ वर्ष कैद र २० हजार क्षतिपूर्तिको फैसला गरेको छ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बलात्कार गरेको ठहर गर्दै यस्तो फैसला सुनाएको हो।बालकसँगै पीडितका बाबुलाईसमेत अदालतले दण्डित गर्ने गरी बिहीबार ३ महिनाको कैद फैसला सुनाएको छ। 

अस्पतालले दिएको स्वास्थ्य परीक्षण रिपोटमा बलात्कार गरेको देखिएको अवस्थामा बालकका बाबुले अदालतसमक्ष इन्कारी बयान दिएपछि उनलाईसमेत दण्डित गरिएको स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले बताए। कसुरदारसँग मिलेमतो गरेको देखिएपछि अदालतले यस्तो फैसला गरेको हो। 

आरोपितका बाबुले अदालतसमक्ष कसुरदारले आफ्नो छोरीलाई बलात्कार नगरेको भन्दै इन्कारी बयान दिएका थिए। बालकले ०७४ मंसिर ४ गते बालिकालाई बलात्कार गरेका थिए।बलात्कार गरेको २ दिनपछि बालिका बिरामी भएपछि घटना सार्वजानिका भएको हो।

लगत्तै पीडित परिवारले मंसिर ७ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। बालकलाई जिल्ला अदालतले पुस ३ गते बालक रहेको भन्दै पुर्पक्षका लागि बालसुधारगृह बिराटनगर पठाउन आदेश दिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.