बजेट सर्वसम्मतिमा पारित

बजेट सर्वसम्मतिमा पारित

धनगढी : प्रदेश ७ को बजेट सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको शनिबार बसेको बैठकमा प्रतिपक्षी दलका दुुई जना प्रदेश सदस्यले संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

वैशाख ९ गते आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेश संसद्मा बजेट पेस गरेका थिए । कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र राष्ट्रिय जनता पार्टीका तर्फबाट कृष्णबहादुर चौधरीले संशोधन प्रस्ताव पेस गरेका थिए ।

मल्लले प्रदेश अर्थमन्त्रीले बजटमा ७ करोड २० लाख रकम सम्भाव्यता अध्ययन शीर्षकमा विनियोजन गरेको भन्दै त्यो रकम एक रुपैयाँ बनाउन माग गर्दै प्रदेश संसद् सचिवालयमा वैशाख १३ गते संशोधन प्रस्ताव दर्ता गराएका थिए । राजपाका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले योजना नै बनिनसकेको प्रदेशमा अनुगमन तथा मुख्यांकनमा विनियोजन गरिएको साढे दुई करोड रकम हटाउनुपर्ने भन्दै संसोधन दर्ता गराएका थिए ।

प्रतिपक्षका तर्फबाट दुई जनाको संशोधनको प्रस्ताव दर्ता भएपछि सत्ता पक्षले उनीहरूसँग वार्ता गर्ने भन्दै वैशाख १४ गतेको संसद् बैठक स्थगन गर्न माग गरेपछि सभामुख अर्जुन थापाले शुक्रबारको बैठक स्थगन गरेका थिए ।

बैठकमा कांग्रेसका प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र राजपाका कृष्णकुमार चौधरीले दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिएको घोषणा गरेपछि प्रदेशको बजेट र विनियोजन विधेयक पास भएको हो ।

प्रतिपक्षीका विषय पनि समेटेर पूर्ण बजेट बनाउने अर्थमन्त्री भपट बोहराको प्रतिबद्धता छ ।

अर्थमन्त्री भपट बोहराले प्रतिपक्षलाई पनि समेटेर आगामी असार १ गते आउने पूर्ण बजेट बनाउने संसद्मा प्रतिबद्धता ब्यक्त गरेका छन् । ‘त्यसैले आफ्नो पार्टीले दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिएका हौं’ कांग्रेस प्रदेशसभा सदस्य मल्लले भने । आर्थिक मामिला तथा योजनामन्त्रीले प्रदेशभरबाट आएका दुई हजार योजनामध्ये प्रस्तुत गरिएको अल्पकालीन बजेटमा एउटा योजनाका लागि पनि बजेट नराखेको उनको आरोप छ ।

विगतमा विनियोजन हुँदै आएको संसद् विकास कोषको जस्तै रकम अबको बजेटमा विनियोजन गर्नुपर्ने सर्तमा विपक्षी दलका प्रदेशसभा सदस्यहरू संशोधन फिर्ता लिन तयार भएको सभामुख थापाले बताए । ‘सत्तापक्षसँग दुईतिहाइ बहुमत छ । तर प्रतिपक्षलाई संशोधन फिर्ता लगाइहाल्नुपर्ने कुनै गज्जबको कारण थिएन । तर मिलेर बजेट अगाडि बढाउन सत्ता पक्षले यस्तो गरेको होला’, सांसद सचिवालयका सचिव बालाराम भट्टराईले भने, ‘प्रतिपक्षले नमाने पनि बजेट र विनियोजन विधेयक भने शनिबारको प्रदेशसभामा पास भइहाल्थ्यो ।’

तर सभामुख थापाले भने अहिलेसम्म प्रतिपक्षको पनि सबै कुरामा सहयोग र सहमति रहेको बताए । ‘बजेटमा मात्र विवाद किन देखाउने ? एक दिनका लागि भए पनि संसद् स्थगन गरेर सहमति जुटाइएको हो’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.