चीन पठाउने गैंडा समात्न ८० जनाको टोली जंगलमा

चीन पठाउने गैंडा समात्न ८० जनाको टोली जंगलमा

चारमध्ये एक गैंडा नियन्त्रणमा, तीनको खोजी हुँदै 

भरतपुरः चीनलाई उपहारस्वरुप पठाउने भिनिएको गैंडालाई नियन्त्रण गरेर बोमामा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहान क्षेत्रमा भेटिएको गैंडाको बच्चालाई शनिवार राती नै सौराहा ल्याइएको हो । 

राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा निमार्ण गरिएको ‘पिट बोमा’ मा राखिएको छ । अन्दाजी डेढ देखि दुई वर्षको भाले गैंडालाई डाट गरेर नियन्त्रणमा लिइएको छ ।

चीन पठाउनु अघि जंगलबाट ल्याएको गैंडालाई बोमामा राखेर मानिससँग घुलमिल हुन सिकाइन्छ । मानिसको ब्यवहारसँग नजिक बनाउँदै ‘पिट बोमा’ बाट  बोमामा सारिन्छ ।

पूर्ण रुपमालान सकिने भएपछि मात्रै चीन पठाइने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए । गैंडाको आनीबानी र खानपिनको अध्ययन गरेर चीन पठाइने उनले बताए ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा चीनलाई गैंडा उपहार दिने निर्णय गरेका थिए । २०७३ असार २६ गते सरकारले चीनलाई गैडा उपहार दिने निर्णय अुनसार चारवटा पठाउन लागिएको हो । 

बाँकी तीनवटा गैंडाको बच्चाको पनि खोजी कार्य तीब्र पारिएको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए ।  चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कार्यरत प्राविधिकसहितको टोली, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गणसहित ८० जनाको टोली एक सातादेखि जंगलमै रहेको छ । 

नेपालबाट लगिएको गैडा चीनको छिन्दु र गोन्जाओमा रहेको मानवनिर्मित पार्कमा राखिने बताइएको छ । यसअघि २६ वटा गैडा उपहारस्वरुप अन्य मुलुकमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.