नेपाल–भारत सीमावन : पारि हरियाली, वारि उजाड

नेपाल–भारत सीमावन : पारि हरियाली, वारि उजाड

फिदिम : भारतको पश्चिम बंगाल राज्यसँग सिमाना जोडिएको पाँचथरका वन उजाडिँदै गएका छन्। भारतर्फ भने पहाडका टाकुरा घना जंगलले हरियाली देखिन्छन्। सीमा क्षेत्रको वन संरक्षणमा राज्यले चासो नदेखाउँदा वन फँडानी तिव्र भएको छ। यससँगै जडीबुटी चोरी निकासीसमेत बढेको छ।

‘नेपालको वन संरक्षणमा कसैले चासो दिएको छैन’, फालोट क्षेत्रमा लामो समयदेखि चौंरी पाल्दै आएका ७५ वर्षीय लाखबहादुर केरुङले भने, ‘दिन प्रतिदिन वन उजाड बन्दै गएको छ।’

सीमापारि भारतको सिंहलीला नेसनल पार्क पर्छ। त्यता वन फैलने क्रममा छ। ‘भारतले वन बढाउन खोजेको छ’, उनले भने, ‘उताको वनमा छिर्नै पाइँदैन। सबै काम यताकै वनबाट पूरा गर्नुपर्छ।’ खुलेआम रूख काट्न नपाइने भए पनि सीमा क्षेत्रका वनमा रूख काटिएका छन्।

पाँचथरको याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङबाट इलामको सन्दकपुरसम्मको सीमामा वन क्षेत्र पर्छ। भारतसँग सीमा जोडिएको ४२.८ किलोमिटर वन क्षेत्र पर्छ। पाँचथरको कति हेक्टर वन भारतसँग सीमा जोडिएको छ भन्ने तथ्यांकसमेत वन कार्यालयसँग छैन।

‘भारतीयले पनि नेपालको वन खुलेआम उपभोग गर्दै आएका छन्। राज्यले बेवास्ता गरेकै कारण हाम्रो वन उजाड बन्दै गएको हो। जंगबहादुर राई, स्थानीयवासी

‘भारतसँग सीमा जोडिएका सबै भूभाग सामुदायिक वन क्षेत्रमा पर्छन्’, पाँचथरका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले भने, ‘हाम्रो तर्फका सबै वन चरण क्षेत्र हुन्।’

सीमा क्षेत्रमा राज्यको उपस्थिति नभएपछि यहाँको वन उजाड बन्दै गएको हो। सीमा क्षेत्रका वनमा पाइने बहुमूल्य जडीबुटी र लोपोन्मुख वन्यजस्तुको चोरी निकासीसमेत बढेको स्थानीय बासिन्दा बताउँछन्। नेपालतर्फको वनमा परम्परागत रूपमा चौंरी पालिएकाले चरण क्षेत्रका रूपमा प्रयोग गर्र्दा उजाड बन्दै गएको उनले बताए तर यो तर्कमा स्थानीय भने सहमत छैनन्। वन कार्यालयले नै वन संरक्षणमा चासो नदिँदा उजाड बन्दै गएको स्थानीयको भनाइ छ।

‘भारतीयले पनि नेपालको वन खुलेआम उपभोग गर्दै आएका छन्’, स्थानीय जंगबहादुर राईले भने, ‘राज्यले बेवास्ता गरेकै कारण हाम्रो वन उजाड बन्दै गएको हो।’ चरण क्षेत्र व्यवस्थित गरेर वन संरक्षणमा लाग्नुपर्ने उनको जोड छ।

सीमा क्षेत्रको वनमा १४ प्रजातिका गुराँस पाइन्छन्। विश्वमै लोपोन्मुख रेडपान्डा (हाब्रे)लगायत वन्यजन्तु पाइने वन उजाड बन्दै गएको हो। सतुवा, बिखुमा, पाखनवेद, पाँचऔंले, कुड्की, केन्जो, लौठ सल्ला, वन लसुन र चिम्फिङलगायत जडीबुटीको चोरी बढेको जनाइएको छ।

पाँचथरको ५ हजार ७ सय ७७ हेक्टर अर्थात् ४६ प्रतिशत जमिन वन क्षेत्रमा पर्छ। अधिकांश वन उच्च पहाडी क्षेत्रमा छन्। यी क्षेत्रमा राज्यका निकायको उपस्थिति शून्य छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.