धुनीजात्राको रौनक

धुनीजात्राको रौनक

 बैतडी :  मेलौली नगरपालिका–५, महारुद्रमा धुनीजात्राको रौनक छाएको छ । वैशाख शुक्ल नवमीमा सुरु भएको धुनीजात्रा बौद्ध पूर्णिमाको दिनसम्म मनाइन्छ ।

धुनीजात्रामा धामीहरूले आगोमा तताएर रातो बनाएको फलामको पन्यु चाट्छन् । यो नै जात्राको मुख्य आकर्षण रहेको स्थानीय संस्कृतिका जानकार गोपालराम पोखरेलले बताए । उनले भने, ‘तताएको पन्यु चाटे पनि देवीको शक्तिले धामीहरूलाई केही हुँदैन ।’

धुनीजात्रामा शीतलादेवीका रूपमा भगवतीको पूजाआजा पनि गरिन्छ । मेलौली–५ का वडाध्यक्ष बलभद्र दयालले भने, ‘धुनीजात्रामा सहभागी हुन सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीसमेत आउँछन् ।’ धुनीजात्रामा दलित, बाह्मण, क्षेत्री सबै समुदायका मानिस एकै ठाउँमा जम्मा भएर पूजाआजा गर्ने चलनसमेत रहिआएको छ । वडाध्यक्ष दयालले भने, ‘समाजमा व्याप्त छुवाछूत हटाउन पनि यो जात्रा निकै सहयोगी बनेको छ ।’

धुनीजात्रामा हरेक दिन भगवतीको विशेष पूजाआजा हुन्छ । दमाहा बजाउने र धामी काँप्ने तरिका यो जात्राको अर्को आकर्षण मानिन्छ । करिब ६ दिनसम्म यो जात्रा लाग्छ ।

दसौं हजार दर्शनार्थी आउने धुनीजात्रामा शीतलादेवीको पूजाआजा गरेमा रोगव्याधि नष्ट हुने जनविश्वास छ । वडाध्यक्ष दयाल भन्छन्, ‘यसको प्रचारप्रसार गर्न सके धार्मिक पर्यटक भिœयाउन सकिन्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.