अनाथ तीनजना बालकले पाए अभिभावक

अनाथ  तीनजना बालकले पाए अभिभावक

डडेल्धुरा : जिल्लाको भित्रि मधेशमा रहेका तीनजना अनाथ बालकले अभिभावक पाएका छन्।  उनीहरुले अभिभावक मात्र पाएनन् विद्यालय जाने सुअवसर पनि प्राप्त गरेका छन्। अभिभावक पाउने बालबालिकामा अमर बोहरा, सन्तोष बोहरा र वीरबहादुर बोहरा रहेका छन्। विद्यायल जाने उमेर भए पनि उनीहरुले विद्यायल जान पाएका थिएनन्।

विद्यालय जाने थालेपछि उनीहरु निकै खुशी छन्।६ वर्षीय बालक वीरबहादुर बोहराले  विद्यालय जानथाले पछि निकै खुसी लागेको बताए। अभिभावकबिहीन बालबालिकाले अभिभावक पाएसँगै विद्यालयमा अरुसरह पढ्न पाउने भएपछि उत्साहित भएको वीरबहादुरले अन्नपूर्णलाई सुनाए।'हामी दुई दाइभाइ अनाथ भएका थियौं, अब हामीले पनि पढ्न पाउने भयौं,'आखाँ भरी आशु झार्दै अमर बोहराले सुनाए।

अन्य बालबालिकाजस्तै उनीहरुले पनि पढ्न पाउनुपर्छ भन्ने हेतुले परशुराम नगरपालिका १२ त्रिबेणी बहुमुखी क्याम्पसका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दलबहादुर साउँद, शिद्धनाथ माध्यमिक विद्यालयका अध्यक्ष जयबहादुर साउँदलगायत स्थानीय समाज सेवी र बुद्धिजीवीको अगुवाईमा अनाथ बालबालिकाका लागि उच्च शिक्षासम्मको व्यवस्था गरिएको अध्यक्ष दलबहादुर साउँदले जानकारी दिए।

अमर बाहेरा , सन्तोष बोहरा र वीरबहादुर बोहरा अभिभावकबिहिन थिए। उनीहरु अभिभावकबिहीन भएपछि मामाको घरमा बस्दै आएका थिए। भर्ना अभियानको क्रम अभिभावकबिहीन बालक भेटिए पछि उनीहरुका लागि अभिभावक खोजेर उच्च शिक्षाका लागि पहल गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जयबहादुर साउँदले जानकारी दिए। 

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ८ पिल्लरी घर भएका ५ वर्षीय बालक अम्मर बोहरा बुवाको मृत्यु भइ आमाले छोडेर गएपछि अभिवाकबिहीन भएका दुई दाजुभाइले अभिभावकसँगै उच्च शिक्षासम्म अध्ययन गराई दिने अभिभावक पाएको विद्यालयका शिक्षक केहरसिंह बडैलाले जानकारी दिए।

मावलीघरमा बस्दै आएका बालक अमर बोहरालाई राष्ट्रीय सभा सदस्य चक्रप्रसाद स्नेही,सोही विद्यालयमा भर्ना हुन आएका अर्का अनाथ ६ वर्षीय बालक वीरबहादुर बोहरालाई जोगबुडा स्रोत केन्द्रका स्रोत व्यक्ति भोजराज ऐरले पठनपाठनको जिम्मा लिएको छ। त्यस्तै ६ वर्षीय असाय बालक सन्तोष बोहराको पठन पाठनको जिम्मा सोही विद्यालयका शिक्षक मानबहादुर बोहराले लिएको विद्यालयका प्रधानाध्यापकले जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.