चित्तल काटिरहेको अवस्थामा ६ जना गाउँले पक्राउ

चित्तल काटिरहेको अवस्थामा ६ जना गाउँले पक्राउ

टीकापुरः कैलालीको टीकापुरमा जंगली जनावर चित्तल काटिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका–२ सीतापुरस्थित गोरख सिंहको कुखुरा फारामभित्र काटिरहेको चित्तलको मासुसहित इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले छ जनालाई पक्राउ गरेको हो । 

इप्रका टीकापुरका प्रमुख डिएसपी टीकाबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा सीतापुरका ३२ वर्षीय गोरखबहादुर सिंह, ३१ वर्षीय भक्तबहादुर थापा र ३८ वर्षीय रनबहादुर थापा रहेका छन् । पक्राउ पर्ने अन्यमा सीतापुरकै ३८ वर्षीय पदम विक, ४४ वर्षीय छत्रबहादुर शाही र ६३ वर्षीय बाँजु चौधरी रहेका छन् । 

प्रहरीले उनीहरुबाट ३४ किलो ३ सय २० ग्राम चित्तलको मासु र चित्तल काट्न प्रयोग गरिएको हतियार बरामद गरेको छ । ‘सोमवार विहान कुखुरा फारामभित्र जंगली जनावर चित्तल काटिरहेको अवस्थामा मासुसहित पक्राउ गरेका हौं,’ डिएसपी कार्कीले भने, ‘पक्राउ गरिएका सबैलाई सेक्टर वन कार्यालय बल्चौर लम्कीमा पठाइएको छ ।’ 

चित्तल सीतापुर गाउँसँगै जोडिएको भुराखानी, खोटेना वनबाट आएको हुनसक्ने बताइएको छ । गर्मीयाममा वनमा आगलागी हुने भएकाले जंगली जनावर गाउँ पस्ने गर्दछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.