सौराहामा थपिए ठूला होटेल

सौराहामा थपिए ठूला होटेल

सौराहा : राप्ती नदी किनारमा स्तरीय सुविधासहित होटेल पार्क सफारी सञ्चालनमा आएको छ। ३१ करोड रुपैयाँ लागतमा सुरु भएको होटेल चारतारे मापदण्ड पूरा गरेर निर्माण गरिएको छ।

वैशाख दोस्रो साताबाट होटेलको सेवा शुभारम्भ गरिएको छ। ४५ कोठासहित स्विमिङ पुल, स्पालगायत सेवा छन्। यीमध्ये सुइट १, अपार्टमेन्ट १ र बाँकी डिलक्स कोठा छन्। उच्चस्तरीय पर्यटकको रोजाइअनुसार होटेल निर्माण गरिएको सञ्चालक महेश खनालले बताए। धेरै होटेलको भीडमा सेवासुविधामा फरक रहेको उनको दाबी छ।

राष्ट्रिय निकुञ्जछेउकै नदी किनारमा रहेको होटेलबाट रमणीय दृश्यावलोकन गर्न सकिने उनको भनाइ छ। सञ्चालनको सुरुवातमै होटेल बुकिङ भएको उनले बताए। ‘स–साना कुरालाई समेटेर होटेलको संरचना बनाएका छौं’, खनालले भने, ‘अहिलेसम्म भएका होटेलभन्दा उत्कृष्ट सेवा दिने योजना छ।’

मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सौराहामा ठूला होटेल खुल्ने क्रम बढेको छ। स्तरीय पर्यटकीय सुविधासहित सौराहामा ठूला होटेल थपिएका छन्। कतिपय होटेल निर्माण सुरु गर्न लागेका छन्।

करिब तीन बिघा क्षेत्रफलमा होटेल निर्माण गरिएको संरक्षणकर्मी वासु ढुंगानाले बताए। होटेलको नाम नै ‘वनवास चितवन’ राखेका छन्।

होटेललाई प्राकृतिक स्वरूप दिने योजनामा रहेको उनको भनाइ छ। होटेल परिसरमा उनले बिरुवा रोपेका छन्। जंगलभित्र प्राकृतिक वातावरणमा रमाउने खालको होटेल सञ्चालन गर्ने उनले बताए। अहिलेसम्म ३० प्रतिशत काम सकिएको छ।

स्तरीय सुविधा खोज्ने पर्यटकका लागि झुवानीमा होटेल निर्माणको काम तीव्र पारिएको छ। जंगलको वातावरणसहित सेवा दिने गरी सन् २०१८ भित्र सेवा सुरु गर्ने ढुंगानाले बताए। ‘पर्यटकलाई ल्याउनेभन्दा पनि आउने वातावरण बनाउनुपर्छ। ‘त्यसैका लागि होटेल बनाएका हौं’, ढुंगानाले भने, ‘स्तरीय ठूला होटेलको अभाव महसुस भएर योजना अघि बढाएका हौं।’


मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सौराहामा ठूला होटेल खुल्ने क्रम बढेको छ।

सौराहा नजिक सिमरेनीमा हिमालयन शेर्पा वाइल्ड लाइफ जंगल रिसोर्ट निर्माणका क्रममा छ। कुमरोज मध्यवर्ती सामुदायिक वन नजिक होटेलको संरचना निर्माण गर्न लागिएको छ। यहाँ ठूलासँगै साना होटेल पनि थपिने क्रम बढेको छ।

पर्यटकको आकर्षणका लागि पुराना होटेलको पनि स्तरोन्नति गरिएको छ। होटेलमा आउने पर्यटकले स्विमिङ पुल खोज्न थालेपछि व्यवसायीले होटेलमा सुविधा थपेका छन्। होटेल मोनालिसाले पनि सुविधा थप गरेको छ।

कोठा अभाव भएपछि उनले होटेल विस्तारसँगै स्तरोन्नति गरेका हुन्। अग्र्यानिक खानाको सुविधासहित होटेलमा २५ कोठा थप गरेर ४७ पुर्‍याएका छन्। पर्यटक आगमन बढेपछि होटेल विस्तार गरिएको उनले बताए। ‘पर्यटक आउने क्रम बढेपछि कहिलेकाहीँ कोठा पुर्‍याउनै सकिँदैन’, खनालले भने, ‘सरकारीस्तरबाटै केही हुने हो भने पर्यटक ओइरिन्छन्।’

वाइल्डलाइफ टुरिजमका लागि ख्याति कमाएको सौराहामा ठूला होटेल निर्माण गर्ने बढेका हुन्। काठमाडौँ र पोखरापछिको मुख्य पर्यटकीय गन्तव्य चितवनको सौराहालाई मानिन्छ। सौराहामा पर्यटकको आकर्षण बढेका कारण होटेल बढेको क्षेत्रीय होटेल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए। ‘पर्यटकको रोजाइसँगै लगानीकर्ताको विश्वास पनि बढेको छ’, घिमिरेले भने, ‘अहिले बनेका होटेलका कारण गुणात्मक र गुणस्तरीय सेवा दिन सकिने अवस्थामा सौराहा छ।’

सौराहाका व्यवसायीले पर्यटकलाई प्याकेजको व्यवस्था गरेर सबै सेवा उपलब्ध गराउँदै आएका छन्। पाटेबाघ, एकसिंगे गैंडा र घडियाल चितवन राष्ट्रिय निकुञ्जका आकर्षण हुन्। निकुञ्जमा जिप एवं हात्ती सफारी, डुंगा सयर, सूर्यास्त, चराचुरुंगीको प्रत्यक्ष अवलोकन एवं थारू संस्कृति अवलोकनमा पर्यटक लोभिने गर्छन्। सौराहामा ७० वटा रेस्टुरेन्ट र १ सय १० वटा सानाठूला होटेल रहेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.