खुकुरी प्रहारबाट युवती घाइते
![खुकुरी प्रहारबाट युवती घाइते](https://annapurnapost.prixacdn.net/media/albums/20180501094046_Chhura-Prahar-biratnagar_OdoEjcdTVs.jpg)
भोजपुर : षडानन्द नगरपालिकामा खुकुरी प्रहारबाट केउरेनीपानी गडीगाउँकी कुमार सार्कीकी २० वर्षीया छोरी विमला चर्मकार घाइते भएकी छन्। सोमबार दिउँसो २ बजेतिर विमलालाई सोहि नगरपालिका- ८ तुङ्गेछा निवासी मानसिक सन्तुलन ठिक नभएकी ४५ वर्षीया कुमारी रोकाहाले घरमा पाहुना आएकी विमलालाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
खुकुरी प्रहारबाट विमलाको टाउको र हातमा चोट लागेको र उनलाई प्राथमिक उपचारका लागि दिङ्ला स्वास्थ्य चौकी लगिएको थियो। खुकुरी प्रहार गर्ने कुमारीलाई प्रहरीले नियन्त्रणमा लिई उनको मानसिक उपचारका लागि परिवारजनको सहायतामा धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)