देउवाले मुख्यमन्त्रीलाई भने, ‘कांग्रेसलाई पनि साथमा लिनुस्’

देउवाले मुख्यमन्त्रीलाई भने, ‘कांग्रेसलाई पनि साथमा लिनुस्’

धनगढी: पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रदेशको समृद्धीका लागि आफु साथमा रहेको बताएका छन । 

उनले सक्रिय भएर प्रदेशको विकासका लागि लाग्न सुझाव पनि  दिए । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा लागि धनगढी आएका पुर्व प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच उद्घाटन पुर्व मंगलबार विहान देउवाको धनगढीस्थित निवासमा भेटवार्ता भएको हो । 

प्रतिनिधि सभाको चुनावका बेला देउवा पत्नी आरजले किनेको घरमा विहान दुबैबीच भेटवार्ता भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले जानकारी दिए । 

‘मुख्यमन्त्री र देउवबीच प्रदेशको विकास, राजधानी र नामाकरणबारेमा कुराकानी भयो’, ओली भने । 

मुख्यमन्त्री भट्टलाई देउवाले प्रतिपक्षलाई पनि समेट्दै सहमति गरेर अघि बढेमा राम्रो हुने सुझाव दिएका छन् । ‘प्रतिपक्षलाई पनि सहमतिमा ल्याएर लैजानुस, विकास निर्माणका काममा सक्रिय हुनुहोस’, देउवाको भनाइ उधृत गर्दै ओलीले भने, ‘प्रतिक्षीलाई पनि सक्रिय भएर लाग्न उत्प्रेरणा दिनुहोस ।’ ओलीले राजधानी र प्रदेशको नामाकरणबारे पनि गम्भीर वार्ता भएको जानकरी दिए । 

‘देउवाले प्रदेशको राजधानीको स्थानबारेमा केही भन्नुभएन, तर त्यसमा पनि सहमति खोज्नुस भन्नुभयो । अझ नामबारेमा सबैलाई सहमतिमा ल्याएर मात्रै अघि बढ्दा राम्रो हुन्छ भन्ने सुझाव देउवाको थियो’, दुवै नेताको सम्बाद उधृत गर्दै ओलीले भने । 

मुख्यमन्त्री भट्टले पुर्वप्रधानमन्त्री देउवालाई प्रदेशको समृद्धि, विकास, नामाकरण र राजधानीबारेमा सकारात्मक सहयोगको आग्रह गरेका छन् । 

‘यो प्रदेशमा राष्टिय गौरवका योजनाहरु थोरै छन्, राष्टिय गौरवका योजनाहरुको संख्या बढाउनका लागि प्रदेश सरकारले संघीय सरकारलाई निर्णय नै गरेर अनुरोध गर्ने तयारी गरेको छ, त्यसमा तपाईको साथ र समर्थन चाहिन्छ’ मुख्यमन्त्री भट्टले देउवलाई आग्रह गरेको ओलीले बताए ।

‘जवाफमा देउवाले भने प्रदेश नम्बर ७ को विकास र समृद्धिका लागि म तपाईँको साथमा छु, ढुक्क भएर जनतालाई विकासको अनुभुती हुने गरि काम गर्नुस ।’ देउवाले अहिले संघीयता परिपक्व भइनसकेकाले प्रदेश सदनमा सकेसम्म मतविभाजन नहुने गरी काम गर्न मुख्यमन्त्रीलाई सुझाव दिएका छन ।

पुर्वप्रधानमन्त्री र यस क्षेत्रको नेता भएकाले पनि दुबै बीचमा सोमबार नै भेटघाट गर्ने समय तय भएको मुख्यमन्त्रीका स्वकीय सचिव ओलीले बताए । मुख्यमन्त्री चयन भएपछि देउवा र मुख्यमन्त्री भट्टको यो पहिलो भेटवार्ता हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.