देउवाले मुख्यमन्त्रीलाई भने-म तपाईंको साथमा छु

देउवाले मुख्यमन्त्रीलाई भने-म तपाईंको साथमा छु

धनगढी : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रदेशको समृद्धिका लागि आफू साथमा रहेको बताएका छन्। सक्रिय भएर प्रदेशको विकासका लागि लाग्नसमेत उनले सुझाएका छन्। कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटनका लागि धनगढी आएका पूर्वप्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच मंगलबार बिहान देउवाको धनगढीस्थित निवासमा भेटवार्ता भएको हो।

प्रतिनिधिसभाको चुनावका बेला देउवा पत्नी आरजुले किनेको घरमा भेटवार्ता भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले जानकारी दिए। ‘मुख्यमन्त्री र देउवबीच प्रदेशको विकास, राजधानी र नामकरणबारे कुराकानी भयो’, उनले भने।

मुख्यमन्त्री भट्टलाई देउवाले प्रतिपक्षलाई पनि समेट्दै सहमति गरेर अघि बढे राम्रो हुने सुझाव दिएका छन्। ‘प्रतिपक्षलाई पनि सहमतिमा ल्याएर लैजानुस्, विकास निर्माणका काममा सक्रिय हुनुहोस्, देउवाको भनाइ उद्धृत गर्दै ओलीले भने, ‘राजधानी र प्रदेशको नामकरणका लागि पनि गम्भीर छलफल भयो।’

भट्टले देउवालाई प्रदेशको समृद्धि, विकास, नामकरण र राजधानीबारे सकारात्मक सहयोगको आग्रह गरेका छन्। ‘प्रदेश ७ मा राष्ट्रिय गौरवका योजना थोरै छन्, तिनको संख्या बढाउन प्रदेश सरकारले संघीय सरकारलाई निर्णय नै गरेर अनुरोध गर्ने तयारी गरेको छ’, उनले भने, ‘त्यसमा तपार्इंको साथ र समर्थन चाहिन्छ।’

देउवाले प्रदेश ७ को विकास र समृद्धिका लागि आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘म तपार्इंको साथमा छु, ढुक्क भएर जनतालाई विकासको अनुभूति हुने गरी काम गर्नुस्’, उनले भने। देउवाले संघीयता परिपक्व भई नसकेकाले प्रदेश सदनमा सकेसम्म मत विभाजन नहुने गरी काम गर्न मुख्यमन्त्रीलाई सुझाएका छन्। मुख्यमन्त्री चयन भएपछि देउवा र मुख्यमन्त्री भट्टबीच भएको यो पहिलो भेट हो।


पहिलो पटक निजी निजासमा

राजधानीबाट धनगढी आएपछि सधैं पार्टी कार्यकर्ता कृष्णबहादुर महराको लगानी रहेको होटल डिभोटीको सुइट रुममा बस्ने देउवा यसपालि पहिलो पटक निजी निवासमा बसेका हुन्। धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा रहेको स्थानीय शारदा हमालको घर प्रतिनिधिसभा चुनावका बेला यही क्षेत्रबाट उम्मेदवारसमेत रहेकी देउवापत्नी आरजुले किनेकी थिइन्।

चुनावको समयमा आरजु नयाँ निवासमा बसे पनि देउवा सोमबार पहिलो पटक बास बसेका हुन्।

चुनावको समयमा आरजु नयाँ निवासमा बसे पनि देउवा सोमबार पहिलो पटक बास बसेका हुन्। आरजुले घर किनेपछि चुनावकै बेला हेर्न गए पनि देउवाले रात नै बिताएका थिएनन्। आरजुलाई प्रतिनिधिसभा निर्वाचनमा विपक्षी दलहरूले पर्यटक उमेदवारको आरोप लगाएपछि उनले उक्त घर चार करोड रुपैयाँमा किनेकी थिइन्।

देउवाले मंगलबार नै अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस भवन उद्घाटन गरेका छन। उक्त अवसरमा विकास र समृद्धिका लागि सबै दल एक भएर अघि बढ्न उनको आग्रह गरे।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.