मोदीको स्वागतका लागि जनकपुरको सफाई (फोटो फिचर)

मोदीको स्वागतका लागि जनकपुरको सफाई (फोटो फिचर)

जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने पक्का भएसँगै जनकपुरधाम सरसरसफाई सुरु भएको छ। सधै अस्तव्यस्त र कुरुप देखिने रंगभूमी १२ विघा मैदानको सरसफाई सुरु भएको हो। सरसफाईका लागि सयौँ मजदुर, तीन वटा जेसिबी र दर्जनौं टिफरले काम गरिरहेको छन्। 

रंगभूमी मैदानमा जमेको पानी निकाल्न जेसिबीले काम गरिरहेका छन्। पानी बगाएपछि ग्राभेल हालेर फोहोर छोप्ने काम भइरहेको छ। जनकपुर उपमहानगरको वारुण यन्त्रले धुलो उड्न नदिन पानी हाल्दैछ। मैदानको वाल (घेरा) भत्केको ठाउँमा सुरक्षाकर्मीले बासले बाँधेर व्यवस्थित बनाउन थालेका छन्। 

बुधवार बिहान सुरक्षा अधिकारीले प्रधानमन्त्री मोदीको हेलिकोप्टर अवतरणका लागि हेलिप्याड बनाउने ठाउँ छनोट गरेका छन्।
मोदी वैशाख २८ गते बिहान पटनाबाट सिधै जनकपुरको १२ विघा मैदान आउनेछन्। मैदानबाट पैदल जानकी मन्दिरसम्म पुग्ने कार्यक्रम छ। मोदी पैदल हिड्ने बाटो मर्मतको काम समेत सुरु भएको छ।

बुधवार जानकी मन्दिरको उत्तरतर्फ सरसफाई गरिएको छ। मिथिला पेन्टिङ बनाउन काठमाडौंबाट ८ जनाको टोली जनपुर आइपुगेका छन्। उनीहरु हिजैबाट विवाह मण्डपको उत्तरतर्फको वालमा मिथिला पेन्टिङ कोर्न व्यस्त छन्। १२ विघा मैदानमा टेन्ट गाड्ने काम पनि सुरु भएको छ। वर्षा भएपनि फरक नपर्ने ‘वाटरप्रुफ’ टेन्ट र मोदीका लागि स्टेज निर्माण हुनेछ।


  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.