हुरीबतासले छानो उडाएपछि विद्यार्थीको विचल्ली

हुरीबतासले छानो उडाएपछि विद्यार्थीको विचल्ली

बैतडी : पानीसँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा रहेका विद्यालयको छानो उडाउँदा पठनपाठन प्रभावित भएको छ । बुधबार साँझ बैतडीको तल्लोस्वराड क्षेत्रका शिवनाथ र पञ्चेश्वरका धेरै विद्यालयका छानो हावाहुरीले उडाएको स्थानीय गम्भीर दयालले बताए । ‘हावाहुरीले विद्यालय भवनका छानो उडाएको छ । जस्ताको छाना भएका विद्यालय भवन बस्न नमिल्ने भएका छन् । यसले बालबालिकाको पठनपाठन प्रभावित भएको छ’, उनले भने ।

शिवनाथ गाउँपालिका–५ लामाखालीस्थित शिवपूर्ण आधारभूत विद्यालयको ६ कोठे भवनको छानो उडाएको विद्यालयका प्रधानाध्यापक सुरतबहादुर चन्दले बताए । ‘बुधबार साँझ एक्कासि आएको हावाहुरीले विद्यालय भवनको छानो उडाएको छ । चार युनिटको शौचालयको समेत छानो उडाएको छ’, उनले भने, ‘विद्यालय भवनको छानो उडाएपछि पठनपाठन गर्न समस्या भएको छ । बालबालिकालाई चौरमा राखेर पढाउनुपर्ने बाध्यता आइलाग्यो ।’

पञ्चेश्वर गाउँपालिका–३ स्थित हटैराज आधारभूत विद्यालय र कमलेश्वर मावि मडको पनि तीनकोठे भवनको छानो उडाएको दयालले बताए । यस्तै उदयदेव मावि कफाडी भवनको छानोसमेत हावाहुरीले उडाएको विद्यालयले जानकारी दिएको छ ।

पाटन नगरपालिका–४ स्थित भूमेश्वर मावि ठाँडको पनि दुईकोठे भवनको छानो उडाएको विद्यालयका शिक्षक देवसिंह ठगुन्नाले बताए । ‘प्रत्येक वर्ष विद्यालयको छानो उड्छ । यसले बालबालिकाको पठनपाठन प्रभावित भएको छ’, उनले भने ।

यसैबीच सुर्नया गाउँपालिका–१ हटैराजस्थित उच्चाकोट माविको छानो पनि हावाहुरीले उडाएको सुर्नया गाउँपालिकाका स्वास्थ्य संयोजक तर्कराज भट्टले जानकारी दिए । ‘बुधबार साँझ आएको हावाहुरीले वडा कार्यालय र विद्यालय भवनको छानो उडाएको छ’, उनले भने ।

विद्यालयका छाना उडाउँदा भएको क्षतिबारे यकित विवरण आउन बाँकी छ ।

जिल्लामा कति विद्यालयका छानो हावाहुरीले उडायो भन्ने यकिन तथ्यांक नआए पनि केही विद्यालयका भवनको छानो हावाहुरीले उडाएको खबर आएको विद्यालय निरीक्षक शंकरदत्त जोशीले बताए । ‘क्षति पुगेका विद्यालयको तथ्यांक संकलन गर्न थालेका छौं’, उनले भने, ‘स्रोत व्यक्तिहरूलाई विद्यालयमा भएको क्षतिबारे विवरण संकलनका लागि आग्रह गरिसकेका छौं ।’

 

फलफूलमा पनि क्षति

बुधबार साँझ आएको हावाहुरीले फलफूल खेतीमा पनि क्षति पु¥याएको किसानले बताएका छन् । तल्लोस्वराड क्षेत्रमा आएको हावाहुरीले बढी क्षति पु¥याएको मेलौली नगरपालिका–१ का लक्ष्मण पार्कीले बताए । ‘बेसी क्षेत्रतिर फलेका सबै आँप हावाहुरीले सखाप पारेको छ’, उनले भने, ‘फलफूलमा व्यापक क्षति पुगेको छ । यसअघि परेको असिनाले गहुँबाली नष्ट गरेको थियो ।’

हावाहुरीका कारण भर्खर फल लाग्न लागेका बिरुवामा क्षति पु¥याएको छ । यसका साथै केही घरमा समेत क्षति पुगेको बताइएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.