महाकालीका अध्यक्षसहित पाँच जना पक्राउ
महेन्द्रनगर : कञ्चनपुर प्रहरीले महाकाली यातायातका अध्यक्ष तथा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सह-कोषध्यक्ष डम्बर पन्तसहितका ७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पवनदुत यातायात समितिका सदस्य महेश जोशी, महाकाली ट्याम्पु ब्यवसायी संघका अध्यक्ष जनक चन्द, निवर्तमान अध्यक्ष दानसिंह धामी, नेपाल यातायात मजदुर संघका उपाध्यक्ष सुरेन्द्र अवस्थीलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस !