माटोबिनै तरकारी खेती

माटोबिनै तरकारी खेती

स्याङ्जा : माटोबिनाको खेती के सम्भव छ ? सुन्दा पनि अचम्म लाग्छ । घरको छतमा माटोबिनाको अर्गानिक तरकारी । भूइँतलामा माछा पोखरी । माछा, तरकारी र पानीबीचको त्रिकोणात्मक सम्बन्ध जोड्दै व्यवसायमा जुटेर सफल पनि बने ४८ वर्षीय ओमबहादुर थापा ।

छतमा ओढाइएको एग्रोनेटभित्र तीन विधिद्वारा माटोबिना नै तरकारी रोपिएका छन् । चार इन्चको पीभीसी पाइपमा, क्यारी बनाएर र थर्माकोल गरी तीनवटा छुट्टा छुट्टै पानी र गिटीको सहयोगमा तरकारी रोपेर फलाएका छन् स्याङ्जाको तल्लो गल्याङका ओमबहादुरले ।

पाल्पाको गेजामा जन्मेका थापा हाल स्याङ्जाको गल्याङ नगरपालिका ३ मा बस्दै आएका छन् । १२ वर्ष वैदेशिक रोजगारमा बिताएका थापाका सात वर्ष मलेसिया र पाँच वर्ष कोरियामा बिते । रोजगारका लागि विदेश हानिएका थापा त्यहाँ रहँदा कपडा बनाउने उद्योगमा कार्यरत थिए । जिन्स पाइन्ट बनाउने उद्योगमा काम गर्दै गर्दा एक दिन फुर्सदको समयमा युट्युब हेर्दै जाँदा माटोबिना गिटी र पानीमा (अक्वापनिस प्रविधि) बाट तरकारी फलाउन सकिने जानकारी पाएपछि त्यो शिक्षालाई आफ्नै भूमिमा आएर परीक्षण गरेको उनले बताए । अन्ततः उनको परीक्षण सफल भएको छ ।

चार महिनाअघि सुरु गरेको अक्वापनिस प्रविधिको तरकारीले उत्पादन दिन थालेको छ । चौथो तलाको उनको घरको छतमा गोलभेंडा, प्याज, धनिया, लोटस साग, काँक्रो, चिप्ले भिन्टी, भान्टालगायत तरकारी खान लायक भइसकेका छन् । गोलभेंडा पाकेर रातै देखिएका छन् भने क्याप्सिकमका दाना ठूला र हरिया खानलायक भएका छन् । अर्गानिक तरकारी बजार भाउभन्दा प्रतिकिलो १०÷२० रुपैयाँ बढी लिएर बेच्ने गरेको थापाले बताए । छतमा करिब तीन आना क्षेत्रफलमा लगाइएको सो तरकारी खेतबारीमा लगाइएको भन्दा ६ गुणा बढी उत्पादन लिन सकिने थापा बताउँछन् ।

अक्वापनिस प्रविधिलाई माछापालन अनिवार्य मानिन्छ । भूइँ तलामा पाँचवटा पोखरीमा माछा पालिएका छन् । माछालाई दाना खुवाउने गरिन्छ । माछाको दिशा पानीमा घुलिन्छ । सोही पानी पाइपमार्फत छतमा राखिएका पाइप÷पाइपमा पुर्‍याइन्छ । छतमा रहेका विभिन्न सात तहमा पाइपका बीचबीचमा प्वाल पारिएको छ । तरकारीका बोट हुर्कन चाहिने आवश्यक ठाउँ छाडेर जालीसहितको टोक्रोमा गिटी भरेर तरकारी रोपिएको छ । पाइपमा पानी घुमिरहन्छ । माछा पोखरीको पानी छतमा राखिएको तरकारी पाइपमार्फत फेरि बाहिरिन्छ । यसरी माछापोखरीको पानीले छतमा रहेको तरकारीलाई मलको समेत काम गर्छ ।

चार महिनाअघि सुरु गरेको अक्वापनिस प्रविधिको तरकारीले उत्पादन दिन थालेको छ । चौथो तलाको उनको घरको छतमा गोलभेंडा, प्याज, धनिया, लोटस साग, काँक्रो, चिप्ले भिन्टी, भान्टालगायत तरकारी खान लायक भइसकेका छन् ।

परि श्रमी थापाले माछा र तरकारी दुवैको रेखदेख आफैं गर्छन् । उनको काममा पत्नी तारा थापाले साथ दिएकी छन् । माछा र तरकारी (अक्वापनिस प्रविधिमा) करिब १० लाखको लगानी भए पनि सरकारबाट हालसम्म कुनै किसिमको सहयोग नपाएको थापाले बताए । तरकारीको बिरुवा पनि सोही प्रविधिद्वारा तयार पार्छन् । जमिनमा जमाइएका बिरुवा पनि रोप्न सकिने तर बिरुवाको जरामा रहेको माटोलाई भने पानीले राम्ररी पखाल्नु पर्ने थापाको भनाइ छ ।

नौलो प्रविधिबाट तरकारी उत्पादन भएको हुँदा देैनिक १० देखि ४० जनासम्मले अवलोकन गर्ने गरेका छन् । माछा र तरकारी दुवै बिक्रीका लागि तयार छन् । बजारको समस्या नभएको थापा बताउँछन् । रेन्बो ट्राउट, कार्प, माहुर, ग्रास कार्प, नैनीलगायत जुनसुकै माछा पनि पोखरीमा पुगेर ताजा किन्न पाइने हुँदा माछा किन्न फर्ममा आउने गरेको बताउँछन् वालिङका माधवप्रसाद रेग्मी । अन्य माछा प्रतिकिलो चार सय ५० छ भने रेन्बो ट्राउटको मूल्य एक हजार दुई सय छ ।

क्याप्सन ः

ओम थापाले अक्वापनिस प्रविधिबाट फलाएको तरकारी । भवानी अधिकारी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.