टिप्परको  ठक्करबाट  बालिकाको मृत्यु

टिप्परको  ठक्करबाट  बालिकाको मृत्यु

पाल्पा :पाल्पामा टिप्परले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।  तानसेन नगरपालिका अप्पु भिलेजमा शुक्रबार बेलुका लु २ प २४४० नम्वर टिप्परले  लु १४ प ८७५९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार  तानसेन नगरपालिका वडा नंं १२ जाँदै गरेकी सिद्धार्थ नगरपालिका–१ भैरहवाकी  ५ वर्षीया आनसिक दर्लामीको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

टिप्परको ठक्करबाट मोटरसाइकल चालक केशव दर्लामी र उनको श्रीमती घाइते भएका छन । यातायात बन्दको कारण सडक सवारी साधन कम चलेको अवस्थामा तीव्र गतिमा आएको टिप्परले  मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिप्पर चालकलाई नियन्त्रण लिई अनुसन्धान सुरु गरेको प्रहरी  नायव उपरीक्षक विनोद घिमिरेले बताए । पाल्पामा पछिल्लो समय टिप्परको कारण दुर्घटनामा बृद्धि हुदै गएको छ । टिप्परको अत्याधिक गतिको कारण पाल्पाबासी त्रसित हुँदै आएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.