भरतमोहन अधिकारीको ‘संसददेखि संविधानसभासम्म’ पुस्तक सार्वजनिक

भरतमोहन अधिकारीको ‘संसददेखि संविधानसभासम्म’ पुस्तक सार्वजनिक

काठमाडौं : एमाले नेता भरतमोहन अधिकारीद्वारा लिखित ‘संसददेखि संविधानसभासम्म’ पुस्तक सार्वजनिक भएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता एवम् पूर्व उपप्रधानमन्त्री अधिकारीद्वारा लिखित पुस्तक शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन्। 

 अधिकारीले महत्वपूर्ण पुस्तक लेखेको ओलीको भनाइ छ। ‘आफ्नो जीवन भोगाइका विभिन्न घटनालाई सिलसिलेबार ढंगले प्रस्तुत गर्नुभएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यसले नयाँ पुस्तालाई त्यसबेलाको राजनीतिका बारेमा जानकारी दिन्छ।’ 

ओलीले नेपाली पूर्खाले वेद, रामारणजस्ता ग्रन्थ लेखेको उल्लेख गर्दै पुस्तक लेख्न सबैलाई आग्रह समेत गरेका छन् । ‘नेपालीका पूर्खाले रामायण, वेदजस्ता ग्रन्थहरु लेखे, हाम्रा पूर्खाको जेनेटिक मेमोरी हामीमा पनि सरेकाले लेख्नलाई हामीलाई गाह्रो हुँदैन,’ प्रधानमन्त्री ओलीले भने।

घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकको बारेमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलगायतले बोलेका थिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अधिकारीको ८२औँ जन्मोत्सवका अवसरमा सु-स्वास्थ्य, दीर्घायुको कामना गर्दै केक काटेर अधिकारीलाई खुवाए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.