मकवानपुरमा चट्याङ लागेर तीन जनाको मृत्यु
हेटौंडा : चट्याङ लागेर मकवापुरमा तीन जनाको मृत्यू भएको छ। मनहरी गाउँपालिका २ ठाडोखोलास्थित झुल्यानमा बाबु छोरीको ज्यान गएको हो। आईतबार साँझ हावाहुरीसँगै परेकोे चट्याङ लागेर ३० वर्षीय भीमलाल सिन्तान र उनकी अढाई वर्षीय छोरी बिमलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिप झाले जानकारी दिए।
सँगै हेटौंडा १६ चिसापानीका ६० वर्षीय कृष्णबहादुर बलामीको पनि मृत्यु भएको छ। चट्याङ लागेर घाइते भएका तीनै जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भइएको प्रहरी नायव उपरीक्षक झाले जानकारी दिए।