मानसिक बिरामीलाई ‘ग्यास्ट्रिक’ को आैषधि

मानसिक बिरामीलाई ‘ग्यास्ट्रिक’ को आैषधि

काठमाडौं : पतिसँग सम्बन्धविच्छेद भएकी एक महिलाले आफ्नो स्वास्थ्य जाँच गराउँदा उनलाई चिकित्सकले ग्यास्ट्रिकको औषधि लेखेर दिए । केही दिन औषधि खाँदा पनि आफ्नो अवस्था नसुुध्रिएपछि उनी अहिले मनोपरामर्श लिइरहेकी छन् । रोगको पहिचान गरी सम्बन्धित चिकित्सक वा विज्ञलाई सिफारिस गर्नुुको साटो आफैँ औषधि दिने चिकित्सकका कारण बिरामीले सास्ती भोग्नुु परिरहेको छ । मनोविद् करुणा कुुँवर भन्छिन्, ‘बिरामीलाई मानसिक समस्या हुुँदा पनि डाक्टरहरू संवेदनशील देखिँदैनन् । मानसिक समस्या बेवास्ता गर्दै ग्यास्ट्रिकको औषधिले ठीक भइहाल्छ भनी ठोकुुवा गरेको पाइएको छ ।’

मानसिक समस्या भएका व्यक्तिबारे चिकित्सकले बेवास्ता गर्ने प्रवृत्ति रहेको मनोचिकित्सक बताउँछन् । चिकित्सकमा मानसिक रोग विशेषज्ञसमक्ष बिरामी पठाउँदा आफ्नो आम्दानी र छविमा पनि असर पर्ने भयले भरसक आफैंले उपचार गर्न खोज्ने प्रवृत्ति रहेको मानसिक रोग विशेषज्ञहरूको आरोप छ । वरिष्ठ मनोचिकित्सक डा.कपिलदेव उपाध्याय भन्छन्, ‘आफूले जे जानेको छ, त्यसैका भरमा उपचार गर्ने तर मनोचिकित्सकसमक्ष बिरामी नपठाउने प्रवृत्ति डाक्टरमा छ ।’ धेरै ठाउँमा भौंतारिँदा पनि सन्चो नभएपछि मात्र मानसिक समस्या भएका व्यक्ति मनोचिकित्सकसमक्ष पुुग्ने गरेका छन् । डा.उपाध्यायका अनुुसार अन्य विधाका चिकित्सकसँग उपचार गर्दा केही नलागेपछि ‘खर्च पनि सकियो’ भन्दै उपचार गर्न आउने बिरामी धेरै छन् ।

नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा.ढुुण्डीराज पौडेल मनोचिकित्सक उपलब्ध हुुँदाहुुँदै मानसिक समस्या भएका बिरामीलाई अन्य चिकित्सकले उपचार गर्न नहुुने बताउँछन् । उनी भन्छन्, ‘उपचार सेवामा विविधिकरण र विशिष्टीकरण भइसकेको अवस्थामा पनि अन्यत्र रिफर नगरी जानीनजानी आफूले नै उपचार गर्न खोज्ने प्रवृत्ति केही चिकित्सकमा छ । आकस्मिक तथा जीवन बचाउनुुपर्ने अवस्थामा बाहेक अन्य अवस्थामा विशेषज्ञसमक्ष नै रिफर गर्नुुपर्छ ।’ असम्बन्धित चिकित्सकले जाँच गर्दा पेसागत आचारसंहिता र गुुणस्तरीय उपचार पाउने बिरामीको हक हनन हुुनुुका साथै आर्थिक क्षति हुुने उनको धारणा छ ।

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचारमा सहयोग पुु¥याउँदै आएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रले ४९ हजार १२ जना बिरामीमा अध्ययन गर्दा ४० प्रतिशतमा चिन्ता (एङ्जाइटी)पाइएको जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक रामलाल        श्रेष्ठ भन्छन्, ‘वैदेशिक रोेजगारीका कारण पनि परिवारमा चिन्ता र तनाव बढेको छ । आत्महत्याको सोच पनि कतिपयमा देखिन्छ ।’ सामाजिक संरचना र कामको बोझका कारण पुुरुषभन्दा महिलामा चिन्ता र डिप्रेसन (अवसाद) बढी देखा परेको त्रिभुुवन विश्वविद्यालय, शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुुख प्राडा.सरोजप्रसाद ओझा बताउँछन् ।


आत्महत्या गर्नेमध्ये ९० प्रतिशतभन्दा बढीमा मानसिक स्वास्थ्य समस्या रहेको मनोचिकित्सकको दाबी छ ।

–असम्बन्धित चिकित्सकद्वारा आचारसंहिताविपरीत जाँच

–पुुरुषमा कडा खालको मानसिक समस्या

–महिलामा डिप्रेसन बढ्दो

–५५ लाख नेपालीलाई मानसिक समस्या

उनी भन्छन्, ‘कडा मानसिक समस्याले पुुरुष र कम कडा मानसिक समस्याबाट महिला पीडित छन् ।’ डिप्रेसन थेग्न नसकेर कतिपय महिलाले आत्महत्याको बाटो रोज्ने गरेका छन् । स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाले गरेको एक अध्ययनमा १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युुको पहिलो कारण आत्महत्या भएको निष्कर्ष निकालेको छ । प्रहरीको तथ्यांकअनुुुुसार आव ०७३÷७४ मा देशभर ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये ९० प्रतिशतभन्दा बढीमा मानसिक स्वास्थ्य समस्या रहेको मनोचिकित्सकको दाबी छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुुसार विश्वमा हरेक ५ व्यक्तिमध्ये एक जनामा कुुनै न कुुनै प्रकारको मानसिक स्वास्थ्य समस्या छ । विविध खालका मानसिक स्वास्थ्य समस्यामध्ये ३० करोडभन्दा बढी व्यक्तिमा डिप्रेसन र २६ करोडभन्दा बढीमा चिन्ता हुुन सक्ने आकलन डब्लूएचओले गरेको छ । डब्लूएचओले गरेको आकलनका आधारमा नेपाली मनोचिकित्सकले देशमा करिब ५५ लाख व्यक्ति कुुनै न कुुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित भएको अनुुमान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.