महाकाली करिडोर निर्माण ढिलाइ

महाकाली करिडोर निर्माण ढिलाइ

दार्चुला ः  महाकाली करिडोरअन्तर्गत दार्चुला तिङकर सडक बन्न थालेको दशक बित्दासमेत दार्चुलावासीको गाडी चढेर आवतजावत गर्ने सपना अधुरै रह्यो ।

तिङकर सडक निर्माण सम्पन्न नभएका कारण दार्चुलावासी तुइनको यात्रा गर्न बाध्य छन् । ‘घरबाट हिँडेका साथीहरू बेलुकी फर्किन्छन् भन्ने कुनै निश्चित हँुदैन’, सुनसेरका शिक्षक पदमराज भट्टले भने । उनका अनुसार व्यास, राप्ला, सुनसेरा, धौलाकोटका मानिसले दैनिक यस्तै समस्या झेल्नुपरेको छ । निर्वाचनका बेला नेताहरूले गरेका वाचा भुलिसकेका छन् ।

दार्चुलाबाट निर्वाचित प्रदेशसभा क्षेत्र नम्बर १ का सांसद गेल्बोसिंह बोहराले पनि दार्चुला–तिङकर सडकलाई छिटोभन्दा छिटो सुचारु गरी निर्माण कार्य अगाडि बढाउने आश्वासन दिएका थिए ।

पछिल्लो समय महाकाली लोकमार्गको समानान्तर दूरीमा करिडोर निर्माण थालिएपछि तिङकर सडकको चर्चा नै हराउन थालेको थियो । तर, केही दिनमै विस्फोटक पदार्थ जिलेटिन आउने आशाले खुसी भएको स्थानीय करवीरसिंह धामीले बताए ।

त्रिदेशीय सम्बन्ध जोड्ने दार्चुलाको तिङकर सडकको काम एक दशकमा आधा पनि सकिएको छैन । सदरमुकाम खलंगाबाट जिरो प्वाइन्ट मानेर निर्माण सुरु गरिएको सडकको ४० किलोमिटर ट्र्याक खोलिएको छ । सवारी भने २० किलोमिटरमा मात्र गुड्छ । स्थानीयले खलंगादेखि दुहुँ गाउँपालिकाको पिपलचौरीसम्म मात्र गाडी चढ्ने अवसर पाएका छन् ।

पिपलौचारीको भासु भीरमा रहेको चट्टान भत्काउन नसकेका कारण सडक विस्तारले गति नलिएको तिङकर सडक आयोजनाका इन्जिनियर दिनेश रैखोलाले बताए ।

तिङकर सडकको योजना आर्थिक वर्ष ०६४÷६५ बाट सुरु गरी आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, यसलाई महाकाली करिडोरमा गाभेपछि ०७९ सालसम्मको लक्ष्य राखिएको हो । सडकको ट्र्याक खोल्न ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले समयमै काम सकेनन् । योजनाका ठेक्काहरूमा विस्फोटक पदार्थ नभएकै कारण कामले गति लिन नपाएको इन्जिनियर रैखोलाले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.