मेयर कप फुटबल सुरु

मेयर कप फुटबल सुरु

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका र बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगञ्जमा मेयर कप अन्तरविद्यालय छात्रछात्रा फुटबल प्रतियोगिता सुरु भएको छ। प्रहरी व्यायामशालाको खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले बिहीबार उद्घाटन गरे। उनले विद्यालय स्तरीय यस्ता प्रतियोगिताले नयाँ नयाँ खेलाडी उत्पादनमा मद्दत पुग्ने दाबी गरे। 

कार्यक्रममा उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले खेल क्षेत्रको विकासका लागि यस्ता प्रतियोगिता नियमित हुन आवश्यक रहेको बताइन्। प्रतियोगितामा जिल्लाका ३४ विद्यालयको सहभागिता रहेको छ। प्रतियोगितामा १४ बर्षमुनि र १६ वर्ष मुनिका छात्र तथा १६ बवर्षमुनिका छात्रा गरी ३ विधामा प्रतिस्पर्धा हुनेछ। १४ वर्ष मुनिका छात्रतर्फ १६ विद्यालय, १६ वर्षमुनिका छात्रतर्फ १४ विद्यालय र १६ वर्षमुनिका छात्रातर्फ ४ विद्यालयले भाग लिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए। 

पहिलो दिन पशुपति, वेष्ट जोन, जनज्योति

उदघाटन खेलमा यु-१४ ब्वायज अन्तर्गत पशुपति मावि राँझाले धु्रवतारा बोर्डिङ स्कुल रिमझिम चौकलाई ट्राइब्रेकरमा पराजित गरे छ। निर्धारित समयको खेलमा दुबै टोलीले २-२ गोल गरेपछि अन्तिम निर्णय लिन ट्राइब्रेकरमा लगिएको थियो। धुव्रतारालाई २-० गोलले पराजित गर्दै विजयी भएको हो। 

यु-१४ को दोस्रो खेलमा वेष्ट जोन माविले धम्बोझी माविलाई १-० को अन्तरले पराजित गरेको थियो। विजयी बनाउन वेष्ट जोनकातर्फबाट हिक्मत सुनारले गोल गरेका थिए। दिउँसो भएको सिनियर ब्वाइजको खेलमा नेपालगञ्ज मोडेलले वेष्ट जोनलाई १२-० को निकै फराकिलो अन्तरमा विजयी भएको थियो। नेपालगञ्ज मोडेलका किस्मत सुनार एक्लैले ४ गोल गरे।  

त्यस्तै सिनियर ब्वाइजको दोस्रो खेलमा जनज्योति मावि कोहलपुरले समावेशी मावि नेपालगञ्जलाई ४-१ को अन्तरले पराजित गरेको थियो। जनज्योतिका सरोज थारुले ह्याट्रिक गरे। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.