रिहा गरेको ४ घण्टामै विप्लवका पाँच कार्यकर्ता पक्राउ

रिहा गरेको ४ घण्टामै विप्लवका पाँच कार्यकर्ता पक्राउ

गाईघाट : जिल्ला अदालतले रिहा गर्न दिएको आदेश ४ घण्टा बित्‍न नपाउँदै नेपाल कम्युनिष्ट पार्टीका पाँचजना कार्यकर्तालाई प्रहरीले बिहीबार राती पुनः पक्राउ गरेको छ।

पक्राउबाट जोगिन नेपाल वार एशोसियनको संरक्षणमा पुगेका कार्यकर्तालाई प्रहरीले राती ९ बजे पक्राउ गरेको हो।वम विस्फोठन मुद्दामा प्रहरी हिरासतमा रहेका पूर्वसांसद एवं पार्टीका केन्द्रीय सदस्य किरण राई, धनकुटा जिल्ला इन्चार्ज माधव गौतम, जिल्ला सदस्य दिपसन लिम्बू,नवराज भट्टराई र कमला लिम्बुलाई अदालतले बिहीबार जनही १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। 

वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता नानुप्रसाद तिमल्सिना, इन्द्रबहादुर तामाङ, श्यामानन्द चौधरी र सोमनाथ ढुंगानाको प्रारम्भिक वहसपछि जिल्ला न्यायाधिश तिर्थराज केसीको एकल इजालासले उनीहरुलाई जेठ ३० गते हाजिर हुने गरी धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

अदालतको आदेशपछि धरौटी जम्मा गरेर निस्कन लागेका उनीहरुलाई अदालत बाहिरबाट प्रहरीले पुनः पक्राउ गर्ने संकेत पाएपछि कानुन व्यवसायीले नेपाल बार एशोसियसन इकाइको कार्यालयभित्रै संरक्षण दिएर राखेका थिए।

राती ९ बजेको समयमा वार एशोसियनको कार्यालयमा गएको प्रहरीको एक टोलीले सामान्य समझदारीमा पुनः नियन्त्रणमा लिएको हो। एक कानुन व्यवसायीले दिएको जानकारीअनुसार 'भोली तपाईहरुलाई जसरी पनि पक्राउ गर्ने आदेश छ, जब पक्राउ पर्नुनै छ भने किन यस्तो विजोगमा  बस्नु हुन्छ, हामी राम्रोसँग राख्छौं' भनेर प्रहरीले पक्राउ गरी लगिएको हो।

जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले पुनः नियन्त्रणमा लिएको बताए। उनले भने, 'माथिल्लो निकायको आदेशअनुसार पक्राउ गर्ने भन्ने थियो, त्यसैले उनीहरुलाई पक्राउ गरिएको हो।'

गिर्फतार परेका सबैलाई मुद्दा दर्ता भएकै जिल्लामा पठाउने तयारी भइरहेको एसपी भट्टले जानकारी दिए। उनीहरुसँगै पक्राउ परेका दिव्यराज वराल र राजकुमार दंगाललाई अदालतको आदेशपछि बिहीबार नै मुद्दा दर्ता भएकै जिल्ला संखुवासभा पठाइएको छ। 

२०७४ मंसिर १२ गते राती नेपाली काँग्रेस उदयपुर प्रतिनिधिसभा १ अन्र्तगत रहेको प्रदेशसभा २ का उम्मेदवार हिमाल कार्कीको घरमा वम विस्फोठन गराएको आरोपमा उनीहरुलाई प्रहरीले चैत्र २९ गते गिर्फतार गरेको थियो। 

धनकुटा जिल्लामा विस्फोठनसम्बन्धी मुद्दामा फरार रहेका उनीहरुलाई प्रहरीले चैत्र ५ गते पक्राउ गरेको थियो। सार्वजानिक ऐनअन्र्तगत मुद्दा दर्ता भएकोमा जिल्ला अदालतले चैत्र २९ गते ३ सय रुपिँया धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। 

लगत्तै प्रहरीले अदालत बाहिरबाट पक्राउ गरी उनीहरुलाई मुद्दा दर्ता भएको जिल्ला उदयपुर पठाएको थियो। पक्राउ परेका किरणले जानकारीबिना पक्राउ गरेको बताए। उनले राज्यको नागरिक स्वतन्त्रताको हनन् भएको सामान्य प्रतिकृया दिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.