दुर्घटनामा १ को मृत्यु, ३४ घाइते
नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिका -३ कालाफाँटाका स्थानीय चढेको भारतको श्रावस्ती मुलिनपुरमा दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । ३४ जना घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।
बहराइचस्थित सइयद मकसुद गागीको दर्शनका लागि जाँदै गर्दा भएको दुर्घटनामा परी कालाफाँटाकी राबिया बेगम खाँको ज्यान गएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए । घटना लगत्तै घाइतेहरुको अवस्थाबारे जानकारी लिन अध्यक्ष साह अस्पताल पुगेका थिए ।
हासिम खाँ र तलबुना खाँलाई थप उपचारका लागि लखनऊ लगिएको छ । घाइतेको श्रावस्तीको भिन्गास्थित सरकारी अस्पताल संयुक्त जिल्ला चिकित्सालयमा उपचार भइरहेको छ । सरिफुल खाँ, हासिरा खाँ, हसनतुल खाँ, हलिमा खाँ, साइरा बानो र चाँदनी खाँको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !