दुर्घटनामा १ को मृत्यु, ३४ घाइते

दुर्घटनामा १ को मृत्यु, ३४ घाइते

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिका -३ कालाफाँटाका स्थानीय चढेको भारतको श्रावस्ती मुलिनपुरमा दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । ३४ जना घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।

बहराइचस्थित सइयद मकसुद गागीको दर्शनका लागि जाँदै गर्दा भएको दुर्घटनामा परी कालाफाँटाकी राबिया बेगम खाँको ज्यान गएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए । घटना लगत्तै घाइतेहरुको अवस्थाबारे जानकारी लिन अध्यक्ष साह अस्पताल पुगेका थिए ।

 हासिम खाँ र तलबुना खाँलाई थप उपचारका लागि लखनऊ लगिएको छ । घाइतेको श्रावस्तीको भिन्गास्थित सरकारी अस्पताल संयुक्त जिल्ला चिकित्सालयमा उपचार भइरहेको छ । सरिफुल खाँ, हासिरा खाँ, हसनतुल खाँ, हलिमा खाँ, साइरा बानो र चाँदनी खाँको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.