यातायात व्यवसायीको दादागिरीः सिन्डिकेटको समाचार लेख्ने पत्रिका बसमा बोक्न प्रतिबन्ध

यातायात व्यवसायीको दादागिरीः सिन्डिकेटको समाचार लेख्ने पत्रिका बसमा बोक्न प्रतिबन्ध

धरानः प्रदेश नम्बर एकका विभिन्न जिल्लामा सिण्डिकेटको आडमा यातायातका साधन चलाउँर्दै  आएका धरानका यातयात व्यवसायीहरुको दादागिरी अझै उस्तै छ । 

सरकारले यातायातका साधन सञ्चालनमा व्यवसायीले लगाउँदै आएको सिण्डिकेट खारेज गरेको समाचार लेखेको भन्दै धरानबाट  पाहाडी जिल्ला पठाउँदै आएका पत्रिका बोक्न व्यवसायीहरुले प्रतिबन्ध लगाएका छन् । 

धरानमा मुख्य कार्यालय खोलेर दर्ता गरिएका कोसी बस व्यवसायी संघका अध्यक्ष तथा यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी, पूर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठ, संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमो र सप्तकोसी बस व्यवसायी संघका सचिव हरि थापाको नेर्देशनमा पाहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा र भाजपुर जिल्लाका विभिन्न स्थानमा जाने पत्रिका बोक्न प्रतिबन्ध लगाइएको हो । 

सरकारले यातायात व्यवसायीहरुलाई धरपकड गरी दुःख दिएको र सिण्डिकेटको समाचार धरा वाहिक प्रकासित गरी यातायात व्यवसायीहरुको बद्नाम गराएको भन्दै शुक्रवारदेखि सार्बजनिक सवारी साधनहरुमा अन्नपूर्ण पोस्ट्, कान्तिपुर, नागरिक र नयाँ पत्रिका लगायतका दैनिक पत्रिका बोक्न प्रतिबन्ध लगाएका मैनाली पुस्तक पसल धरानका सञ्चालक गोविन्द्र मैनालीले बताए । 

सार्वजनिक यातायातका साधनलाई पत्रिका बोके वापत दैनिक रकम भुक्तानी गरी सम्बन्धित पत्रिकाहरुले पाहाडी जिल्लाका सदरमुकाम तथा मुख्य बजारहरुमा प्रत्रिका वितरण गर्दै आएका छन् । 

मैनालीले  शुक्रवार विहानै भानुचोकमा सदाझैँ बसमा पत्रिका पठाउन लाग्दा यातायात व्यवसायीहरुले सिण्डिकेटको समाचार लेख्ने कुनै पत्रिका आजदेखि नबोक्ने भन्दै आफुलाई बसमा चढ्न नै नदिएको गुनासो गरे । सार्बजनिक बसले पत्रिका बोक्न नमागेपछि धरान प्रहरीको सहयोगमा महंगो शुल्क तिरेर टाटा सुमोमा पाहाडी जिल्ला पत्रिका पठाएको उनले सुनाए । 

अन्नपूर्ण पोस्ट् दैनिकका प्रदेश एकका इन्चार्ज नरेश दाहालले पनि व्यवसायीहरुले पाहाडी जिल्ला चल्ने सार्वजनिक यातायातका साधनले पत्रिका बोक्न प्रतिबन्ध लगाएर सर्वसाधारणको सूचनाको हक खोसेको आरोप लगाए । 

नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले सिन्डिकेटको समाचार लेखेको बहानामा व्यवसायीहरुले पत्रिका बोक्न प्रतिबन्ध लगाउनु सर्वसाधारणलाई सूचनाको हकबाट बञ्चित गराई सार्बजनिक अपराध गरेको आरोप लगाएका छन् । 

जनतालाई सूचनाको हकबाट बञ्चित गराई सार्बजनिक अपराध गर्ने व्यवसायीलाई कडा कारवाही हुनुपर्ने उनको माग छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदीले व्यवसायीहरुले दैनिक पत्रिका बोक्न प्रतिबन्ध लगाएकोबारे थाहा नभएको प्रतिक्रिया दिए।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले सार्वजनिक बसहरुमा पत्रिका बोक्न प्रतिबन्ध लगाउनु गैह्रकानुनी भएको बताएका छन् । उनले नागरिकको सूचना पाउने हकलाई व्यवसायीले प्रतिबन्ध लगाई उनीहरुलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.