मोदीको पुत्ला जलाउँदै विरोध गर्ने चारजना पक्राउ
नेपालगन्जः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा पुत्ला दहन गर्ने चारजना शनिबार नेपालगञ्जमा पक्राउ परेका छन् ।
मोदीलाई जनकपुर र काठमाडौको साँचो बुझाएको विरोधमा पुत्ला दहन गर्ने नेकपा माओवादी (क्रान्तिकारी) का चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अर्जुन शाही, भूकम्प कठायत, विराट शाही र दीपक शाहीलाई नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्ग जानकारी दिए ।
त्यसैगरी जनकपुर र काठमाडौको साँचो मोदीलाई बुझाएको विरोधमा स्वतन्त्र नागरिक समाजले पनि शनिवार नेपालगञ्जमा विरोध प्रदर्शन गरेको थियो । धम्बोझी चोकमा दिउसो १ बजेदेखि २ बजेसम्म प्रदर्शन गरेको हो ।
काउन्सिल भेरीका अध्यक्ष डा. विनोद कर्णले बताए । प्रदर्शनमा विवेकशील साझापार्टी, नयाँशक्ति पार्टी र भ्रष्टाचार विरोधी संस्था बासलगायतको सहभागिता रहेको थियो ।