शंकास्पद अवस्थामा शव फेला, हत्याको शंकामा तीनजना पक्राउ

शंकास्पद अवस्थामा शव फेला, हत्याको शंकामा तीनजना पक्राउ

धनकुटा : धनकुटा नगरपालिका वडा नम्बर ६ ल्यान्डफिल साइट (फोहोरमैला संकलन केन्द्र) नजिकै प्रहरीले शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ।

साइटको प्रतिक्षालय नजिक सोही वडा बस्ने करिब ३० वर्षीय राजेश श्रेष्ठको शव प्रहरीले फेला पारेको हो। सडक भन्दा ५ मिटर तल कोल्टे परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। उनको हत्या भएको शंका प्रहरीले गरेको छ।

हत्यामा संलग्न भएको शंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय अनिल डंगोल, २४ वर्षीय रुमबहादुर मगर र २१ वर्षीय ईश्वर श्रेष्ठ रहेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।

यसैबीच, धनकुटा–९ रुद्रवारीमा गस्तीमा रहेको प्रहरीको गाडी माथि ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बन्दकर्ता भएको शंकामा गुठिटारका ६० वर्षीय ध्यानबहादुर तामाङ (लामा) लाई पक्राउ गरिएको प्रहरी निरीक्षक आमोद खेरवारले बताए। ढुंगाले लागेर जिल्ला प्रहरी कार्यालयको ना. १ ज. १३३४ नम्बरको गाडीमा सामान्य क्षति पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.