बम विस्फोट गराएको आरोपमा एक महिला पक्राउ

बम विस्फोट गराएको आरोपमा एक महिला पक्राउ

बिर्तामोड : सुर्योदय यातायात प्रालिको बस ग्यारेजमा बम विस्फोट गराएको आरोपमा झापा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा नेत्रबहादुर चन्द 'विप्लव' नेतृत्वको नेकपामा आवद्ध मेचीनगर ८ निवासी २६ वर्षीय स्मृति रिजाल रहेको झापा जिल्लाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए। पक्राउ परेकी रिजाल नेकपा मेचीनगरका न्याय विभाग प्रमुख रहेको प्रहरीको भनाई छ। 

पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखिएको छ। आइतबार बिहान करिब ३ बजे मेचीनगरपालिकास्थित सुर्योदय यातायात प्रालिको बस ग्यारेजमा सकेट बम विष्फोट भएको थियो। 

उक्त बमले सुर्योदय यातायात प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नम्बरको बसमा क्षति पुगेको छ। सोही बसमा विस्फोट गराएको आरोपमा रिजाल पक्राउ गरेको प्रहरीको दावी छ। 

उता दमक नगरपालिकास्थित दमक बस पार्कमा शंकास्पद वस्तु फेला परेको प्रहरीले बताएको छ। सानो गोलो आकारको कालो रंगको शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। बम वा अरु कुनै वस्तु हो, यसका लागि नेपाली सेनाको बम निष्कृय टोली घटना स्थल पठाइसकेको प्रहरी कार्यालय झापाले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.