पोखरा र तनहुँमा शंकास्पद वस्तु निश्क्रिय
पोखरा : पोखरा विमानस्थलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । एयरपोर्टको १ नम्बर गेटबाहिर बमजस्तो शंकास्पद वस्तु भेटिएको थियो । आइतबार गृहमन्त्री रामबहादुर थापा काठमाडौंबाट पोखरा विमानस्थल ओर्लिएर निस्किइसकेपछि उक्त वस्तु देखिएको विमानस्थलका अधिकारीले जनाएका छन् । साढे बाह्र बजे उक्त वस्तु निष्क्रिय पार्दा ठूलो आवाज आएको थियो ।
गृहमन्त्री थापा प्रदेशस्तरीय सुरक्षा बैठकमा भाग लिन पोखरा आएका छन् ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार नेपाल बन्द आह्वान गरेको छ । बन्दका कारण पोखरामा सार्वजनिक सवारी चलेका छैनन् ।
दमौली मादी पुलमा भेटिएको शंकास्पद वस्तु पनि सेनाको बम डिष्पोजल टोलीले निष्कृय पारेको छ।