पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल : पाल्पाको दोभान नजिकै पहिरो खस्दा बुटवल पाल्पा सडक खण्ड अवरुद्ध बनेको छ। सिद्धार्थराजमार्ग अन्तर्गतको उक्त खण्डमा राति एक बजे पहिरो खसेको थियो। सडक अवरुद्ध भएपछि उत्तर र दक्षिणतर्फ आवाजजावत गर्ने यातायातका साधनको लामो लाइन लागेको छ।

गएको वर्ष सोही स्थानमा पहिरो जादा एक ट्रक र कार पुरिदाँ तीन जनाको मृत्यु भएको थियो। आइतबार मध्यरातदेखि पानी परेपछि पुन पहिरो खसेको दोभान प्रहरीचौकीले जानकारी दिएको छ।

पहिरो हटाउने प्रयास सुरु भएपनि माथिबाट बग्ने क्रम नरोकिएकाले समस्या भएको स्थानीय शिक्षक विष्णु पाण्डेले जानकारी दिए। सडक खुलाउनका लागि बुटवल र पाल्पा दुबै तर्फका इक्युपमेन्ट प्रयोग गरिएको छ। गएको वर्ष सोही स्थानमा निरन्तर पहिरो खस्दा यात्रुहरुले महिनौं दिनसम्म कष्ट भोग्नु परेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.